काठमाडौं । आज नाग पञ्चमी,श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पुजा गरिन्छ । वैदिक दर्शन अनुसार १२ वटा नागहरुको भएको बताईएको छ । जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् । यी सम्पूर्ण नागको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।
वैदिक सनातन धर्मावलम्बीहरुले आ-आफ्नो घरमा गाइको गोबर र दूबो सहित नागको चित्र टास्दछ्न यसरी दैलो या मूल खाम्बाेमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ ।
नाग पञ्चमीको वास्तविक एतिहासिक महाभारतसंग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम प्रारम्भ गरे र यसका लागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गर्छन् ।
उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन् । त्यस पश्चात तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफि मागेपछि उनले यज्ञ स्थगन गर्छन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाउदछ्न ।
यस दिन नागदेवताको पूजा अर्चनाका लागि दुध, फूल आदी चढाइन्छ । सर्पलाई नै अघि राखेर पूजा गर्न डरलाग्दो र जोखिम हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिएको हो ।