गलत नियतले महिलामाथि कर्के नजर लगाउनु कानूनी रुपमा अपराध हो भन्नेमा कत्तिको सचेत हुनुहुन्छ ? सचेत हुनुहुन्न भने अब सचेत बन्नुहोस् ।
सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कम्पनी र कार्यालय स्थलमा महिलालाई एकोहोरो हेर्ने, होच्याउने, संवेदनशील अंग छुन खोज्नेलगायतका व्यवहारलाई प्रचलित कानूनले यौनजन्य दुव्र्यवहारका रुपमा परिभाषित गरेको छ ।
कुनै महिलाप्रतिको हेराइ गलत आशयमा छ भने त्यस्ता पुरुषमाथि आशय करणीसम्बन्धी कानून आकर्षित हुने गर्छ ।
“कुनै महिलाप्रतिको हेराइ ‘गलत’ आशयमा छ भने त्यस्ता पुरुषमाथि आशय करणीसम्बन्धी कानुन आकर्षित हुने गर्छ । मुलुकी ऐन जस्तै मुलुकी अपराध (संहिता) ऐन २०७४ ले महिलालाई इच्छाविपरीत छुनु तथा जिस्क्याउनुलाई अपराध मानेको छ ।
भदौबाट लागू हुने मुलुकी फौजदारी संहिताले ऐनमा महिलाको मञ्जुरी विना कु–दृष्टि वा ‘नजर’ लगाई करणीको आशयले हेरेमा, शरीरका संवेदनशील अङ्ग छुन खोजेमा वा छुने प्रयास गरेमा, अश्लील शब्द प्रयोग गरेमा वा अश्लील शब्दबाट गाली गरेमा यौन दुब्र्यवहार अपराध हुने व्यवस्था गरेको छ ।
त्यस्तै, लिखित, मौखिक, साङ्केतिक भाषा, तस्विर, चित्र, फोटो देखाई वा विद्युतीय उपकरण प्रयोग गरी यौन आशयले जिस्क्याएमा, अस्वभाविक, अवाञ्छित र अमर्यादित व्यवहार गरेमा पनि यौन दुब्र्यवहार गरेको ठहरिने कानुनमा छ ।
मुलुकी फौजदारी (कसुर) ऐन–२०७४ को दफा २१९ को करणीसम्बन्धी कसूर अन्तर्गत उपदफा (४) मा ‘वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीको इच्छा विपरीत जबरजस्ती करणी’ गरेमा पाँच वर्षसम्म कैद सजाय हुने व्यबस्था गरेको छ ।