खाद्यान्न लुकाएर भोकमरीको अवस्था सिर्जना गर्न खोज्ने व्यक्तिलाई १० वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ ।
खाद्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न बनेको विधेयकमा यस्तो खानेकुरा राखेर अरुलाई भोकमरीको अवस्थामा पुर्याएमा १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी आपतका बेला चाहिने खाद्यवस्तु भण्डारण गर्न लैजाँदै गर्दा कसैले बाटोमै लुटेमा पनि तीन महिनासम्म कैद, २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । मौलिक हक कार्यान्वयनका लागि संसदमा पेस हुने क्रममा रहेको खाद्यसम्बन्धी विधेयकमा कसैलाई पनि भोकमरीमा पर्न नदिने उल्लेख छ ।
नागरिकमै बजारमा मानव स्वास्थ्यमाथि गम्भीर असर गर्ने अखाद्यवस्तुको विक्रीवितरण हुने गरेको खबर पनि छ ।
समाचार अनुसार, तेल, चामल, दाल, बेसार, भुजा, आइसक्रिम, पानी, दूध, दही, चाउचाउ गुणस्तरहीन भेटिएको छ । यसरी बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भएको पाइएपछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर भएको छ ।
नागरिक दैनिक