काठमाडौँ । इन्डियाका प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरात भ्रमणका क्रममा गरेको टिप्पणीप्रति पाकिस्तानले आपत्ति जनाएको छ।
मोदीका अधर्म बोली र शैलीका कारण विगत एक दशकदेखि दक्षिण एसियामा अस्थिरता फैलिरहेको छ ।
हालै यस्तै मोदी प्रवृतिको पाकिस्तानले कडा टिप्पणी गरेर विरोध जनाएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति नै जारी गरेर मोदीको अभिव्यक्तिमा आपत्ति जनाएको हो।
पाकिस्तानले मोदीको टिप्पणीले पहिले नै अस्थिरताले ग्रस्त क्षेत्रमा ’खतरनाक उदाहरण स्थापित गरेको’ बताएको छ।
पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘यस्ता भनाइले संयुक्त राष्ट्र संघको बडापत्रको आधारभूत सिद्धान्त स्पष्ट रूपमा उल्लंघन गर्छ, जसले सदस्य राष्ट्रहरूलाई शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्न र अन्य राज्यको सार्वभौमसत्ता वा राजनीतिक स्वतन्त्रताविरुद्ध धम्की वा बल प्रयोगबाट टाढा रहन बाध्य पार्छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्तर्राष्ट्रिय समुदायले इन्डियाको बढ्दो बयानबाजीमा गम्भीर ध्यान दिनुपर्छ, जसले क्षेत्रीय स्थायित्व र दिगो शान्तिको सम्भावनालाई कमजोर बनाउँछ।’
सोमबार इन्डियाका प्रधानमन्त्री मोदीले भुजमा भाषण गर्दै भनेका थिए, ‘पाकिस्तानलाई आतंकवादको रोगबाट मुक्त गर्न पाकिस्तानाका जनता पनि अगाडि आउनुपर्नेछ, पाकिस्तानका युवा अगाडि आउनुपर्नेछ, सुख–शान्तिको जीवन जिओ, रोटी खाओ, नत्र मेरो गोली छँदै छ।’
मोदीको यो अभिव्यक्तिलाई अन्तराष्ट्रिय समुदायले अधार्मिक व्यक्तिको रुपमा चित्रित गरेको छ ।
हालै कश्मीर घटनामा इन्डियन संचारमाध्यमले फैलाएको खबरहरु करीब-करीब शतप्रतिशत गलत रहेका अन्तराष्ट्रिय मिडिया फोरमहरु प्रष्ट पारेका छन् । र अबका दिनमा मोदीका वफादार, हिन्दुत्व पक्षपोषणमा लागेका इन्डियाका मिडियाबाट सम्प्रेक्षित समाचारहरुमा क्रसभेरीफाइ गरेर मात्र विश्वसनीय हुन सकिने धेरैले चित्रण गरिरहेका छन् ।
भिडन्तमा सर्वसाधारण, महिला, बालबालिका र शिक्षक मृत्यू हुँदा इन्डियन संचारमाध्यमले आतंककारी मारिएको गलत खबर सम्प्रेक्षण गरेपछि अन्तराष्ट्रिय संचार समुदाय हैरान परेको हो ।
इन्डियन संचारमाध्यमको गलत अफवाह सूचनाका कारण हालै एउटा शिक्षकको परिवारले ठुलो पीडा भोग्नुपरेको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।
–एजेन्सी