काठमाडौँ । जीवनभर जनताको आलोचना खेपेर प्रतिवाद गर्दै आएका फिलिपिन्सका बृद्ध राष्ट्रपति राजनीतिकालको पूर्वार्धमा गरेको भ्रष्टाचारका कारण अन्ततः पक्राउ परेका छन् ।
उनी माथि चरम भ्रष्टाचार गरेर कार्यकर्ताहरु पालेको र परिवारलाई राजनीति स्थान दिएको आरोप छ ।
सत्ता संघर्षका दौरान पूर्वराष्ट्रपति रोड्रिगो डुटर्तेको नाटकीय पतन भएको छ । आफ्नो ८० औं जन्म दिन मनाउन उनले केक ठिक्क पारेका थिए ।
जन्मदिनको एकदिन पहिले डुटर्तेेले भ्रष्टाचार नियन्त्रण र लागू औषध अपराधविरोधी अभियान मार्फत् आफ्नो देशको शुद्धिकरण गर्ने कसम खाएका थिए । उनी आँफै भने जीवरभर जनता र विपक्षीको नजरमा भ्रष्ट नेतामा पर्छन् ।
पूर्वराष्ट्रपति डुटर्तेले बृद्ध अवस्थामा भ्रष्टाचार नियन्त्रण गर्ने त्यो प्रतिवद्धता धेरै दिन टिक्न पाएन, अहिले आफैं हिरासत पुग्नु परेको छ ।
पूर्व राष्ट्रपति डुटर्तेलाई प्रहरीले हङकङबाट मनीला पुग्नेवित्तिकै पक्रिएको हो । जहाँ उनी आगामी मध्यावधि निर्वाचनमा उम्मेदवारी दिन ठूलो संख्याका फिलिपिनो प्रवासीमाझ समर्थन जुटाइरहेका थिए ।
अन्तर्राष्ट्रिय फौजदारी न्यायालयबाट उनको नाममा जारी वारेन्ट पहिल्यै फिलिपिन्स सरकारको हात लागेको थियो । लौरोको सहारामा हवाई अड्डामा हिँडिरहेका उनलाई सुरुमा वायु सेनाको बेसक्याम्प लगिएको थियो भने हेग स्थित अन्तर्राष्ट्रिय फौजदारी न्यायालय (आईसीसी) लैजान एक चार्टर्ड जेट तयार पारिएको थियो ।
शत्तिशालि तथा लोकप्रिय मानिएका उनलाई अहिले अक्सर धेरैले ‘एशियाको ट्रम्प’ भन्ने गरेका छन् । उनका वकील र परिवारले भने गिरफ्तारीको कुनै कानूनी आधार नरहेको भन्दै विरोध गरेका छन् । कमजोर स्वास्थ्य अवस्था भएका उनको अति उपेक्षा गरिएको उनका कानून व्यवसायीले बताएका छन् ।
पदमा रहँदा उनले मार्कोस परिवारसँग गठबन्धन गरेका थिए । जो अपदस्त तानाशाह फर्डिनेंड मार्कोसका शिष्य मानिन्छन् । डुटर्तेले सन् २०२२ को चुनावमा भाग लिन सकेनन् । यद्यपि, उनकी छोरी सारा दक्षिणी शहर दावोकी मेयर बनिन् ।
निकै लोकप्रिय बेनकी सारा आफ्ना पिताको ठाउँ लिने बलियो दावेदार मानिए पनि फर्डिनेंड परिवारको दबदबा कायम रहयो ।
अब दुबै परिवार मिलेर सन् २०२८ को चुनाव लड्ने तयारी गरेका छन् । जहाँ फर्डिनेंड मार्कोसका छोरा बोंगबोंगलाई राष्ट्रपति र सारालाई उप–राष्ट्रपति दिने सहमति छ ।
पूर्वराष्ट्रपति डुटर्ते परिवार र निकट कार्यकर्ता समुह लागि चरम भ्रष्ट गर्ने नेतामा पर्छन् ।
एजेन्सी