अमेरिका । मानिसले आफ्नै स्वभावकै जस्तो संगत खोज्छ । यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र व्यापारी एलन मस्कको मित्रता निकै जमेको छ ।
ट्रम्प र मस्का केही शैली मिल्दाजुल्दा देखिन्छन् । केही उट्पट्याङ र ठट्यौली लाग्ने यी दुवै व्यक्तिका कृपाकलाप र बोलिमा विश्वको ध्यान खिचिरहेको छ ।
मस्कलाई ट्रम्पले सल्लाहकारमै राखेका छन् । ह्वाइट हाउसमा आउजाउ गर्न मस्कलाई आफ्नै घर जस्तो भएको छ यतिबेला ।
ह्वाइट हाउसको आर्थिक चाबी जब ट्रम्पले मस्कलाई सुम्पे अहिले अमेरिकामा चौपट चर्चाका विषयहरु बाहिर आएका छन् ।
एलन मस्क पनि अनेक रमाइलो गर्न माहिर छन् । उनले पछिल्लो पटक छोरोलाई साथमै लिएर ह्वाइट हाउस जाने गर्छन् ।
अमेरिकाकी सरकारमा सरकारी दक्षता विभागका प्रमुखका रूपमा समेत रहेका टेस्ला र स्पेस एक्सका सीईओ मस्क राष्ट्रपति ट्रम्पको कार्यालय ह्वाइट हाउसमा उनी भिन्नै शैलीमा देखा पर्छन् ।
उनी छोरालाई काँधमा राखेर ट्रम्पको अगाडि ठिंग उभिन्छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पका प्राविधिक अर्बपति मस्क मंगलबार अचानक ह्वाइट छोरोलाई काँधमा बोकेर पुगेका थिए ।
त्यहाँ मस्कले अमेरिकी सरकारको शत्रुतापूर्ण अधिग्रहणको नेतृत्व गर्न अस्वीकार गरे । साथै मस्कले आफ्नो लागत कटौती योजनाहरूको पनि बचाउ गरे । उनले बजेट कटौती नगरी अमेरिका ऋण तिर्न असमर्थ हुने पनि त्यहाँ बताए ।
उनले हालैका दिनहरूमा संघीय खर्च कटौती गर्ने उद्देश्यले धेरै आदेशहरू जारी गरेका छन्। मस्कले अमेरिकी बजेट घाटालाई औंल्याउँदै गत आर्थिक वर्षमा १८ ट्रिलियन डलरमाथि भएको बताए । जबकि, उनले सार्वजनिक ऋणमा उच्च ब्याज भुक्तानी गर्ने लक्ष्य पनि लिएको बताए ।
ट्रम्प चुनावमा उठ्दा मस्कले ठुलो आर्थिक सहयोग गरेका थिए । ट्रम्पलाई जिताउन मस्क मैदानमा खटिएका थिए ।
तर, सन २०१७ को चुनावमा भने यिनै एलन मस्क ट्रम्पको खरो बिरोधी थिए । मस्क दक्षिण अफ्रिकन आप्रवासी नागरिक हुन् ।
तर,पछिल्लो पटक उनी संसारकै धनी व्यक्ति भएकोले अमेरिकामा शक्तिशालि व्यक्तिमा दरिएका छन् ।