बौद्ध क्षेत्रमा उहाँको मात्र होइन अरु धेरैको व्यापार घटेको छ । यसको मुख्य कारण यस क्षेत्रको सडक हो । बौद्ध क्षेत्रमा वर्षामा सडक हिलाम्मे हुन्छ भने घाम लागे धुल्याम्य हुन्छ ।
चौलागाईंले पसलको भाडा ४० हजार र बत्तिको १६ हजार तिर्नु पर्छ । उहाँको पसल बाटोको साम्मुने नै छ । सडकको दुराबस्थाको असर उहाँको पसलमा सिधै पर्छ । बाटो पारीका ग्रहाक वारी आउन सक्ने अबस्था छैन । उहाँले भन्नुभयो, सरकारले छिट्टे नै बाटो बनाइदिए यो समस्याबाट चाडै मुक्ति पाइन्थ्यो । पानी पर्दा वारीको मानिस पारी आउन पनि झन्झड हुन्छ ।
बाटोको धूलोले गर्दा आफूलाई विभिन्न रोग लाग्ने गरेको बताउँदै, उहाँले पसलमा राखिएको नयाँ लुगा धूलोले फोहोर हुदाँ ग्रहाकले खासै नरुचाउने गरेको बताउनुभयो ।
बौध्दनाथ क्षेत्र विकास समितिमा काम गर्दै आउनुभएका सन्जे लामा र मिलन राईका अनुसार विशेष सिजनमा छ दैनिक एक सयदेखि आठ सयसम्म विदेशी पर्यटक आउने गर्छन, अहिले अफ सिजन भएकाले तीन सयदेखि चार सयसम्म मात्र पर्यटकहरू बौद्धनाथ क्षेत्रमा आउने गरेका छन् । सो क्षेत्रमा आउने पर्यटकहरू मध्य चीन र भारतबाट पर्यटक धेरै आउने गरेका छन् । बाटोका कारण अहिले पहिलाको भन्दा पर्यटक कम आउने गरेको उहाँहरूको भनाइ छ ।

यस्तै बौद्ध क्षेत्रमा दश वर्षदेखि फार्मेसी सञ्चालन गर्दै आउनुभएका पारामेडिक्स भरतराज पौडेलको फारमेसी सँगै किल्लिनिक पनि छ । उहाँको क्लिनिकमा दैनिक रूपमा बिरामीहरू स्वास्थ्य परीक्षण गर्न आउने गरे उहाँको भनाइ छ । बाटोको धूलो र धुवाँले बिरामीका संख्या बढेको मात्र हाइन उहाँको किल्निकमा कार्यरत स्टाफहरू पनि विभिन्न रोगको सिकार भएका छन् । बौध्दनाथ क्षेत्र विकास समितिका कर्मचारी सूर्य लामा बिहान ६.०० देखि दिउँसो १.००बजेसम्म सोही क्षेत्र काम गर्नुहुन्छ उहाँका अनुसार बाटोको कारण पर्यटक टिकट किन्ने बेलामा बाटोको समस्या बारे गुनासो गर्ने गरेको बताउनुभयो ।
पाँच पतिशत पर्यटकले काउण्टरमा टिकटको किन्ने बेला टिकटको मूल्य धेरै उठाउने तर उठाएको अनुसार सुबिधा नभएको जस्ता गुनासो गर्ने गर्छन् । पर्यटकले बौध्दनाथको अगाडि पुग्दा बसबाट आफ्नो पाइला पनि झार्न जब बौध्दको ढोका भित्र छिर्ने वित्तिकै आनन्द महसुस हुने गरेका बताउने गरेको उहाँले बताउनुभयो । लामाले भन्नुभयो, बौध्द स्तुपा विश्व सम्पदा क्षेत्रमा पर्छ तर पनि यी क्षेत्रको विकास भने हुनसकेको छैन, भिजिट नेपाल २०२० को प्रचार प्रसार सुनेका छौँ के अझै उन्नति देख्न भने पाउँछौं त?
पूर्ण लामाका अनुसार बाटोको समस्या र धूलो धुवाका कारण दिन प्रति दिन दुर्घटना वृद्धि हुँदै गरेको छ । विशेषगरि पानी पर्दा हिलो, घाम लाग्दा धूलो र धुवाले गर्दा हरेक दिन बाइक, स्कूटर दुर्घटनाका कारण घाइते हुने गरेका छन् । ( शेर्पा प्रशिक्षार्थी पत्रकार हुन)