काठमाडौं । क्रिस्चियनिटी विस्तारका लागि स्थापना भएको युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले आयोजना गर्न लागेको सम्मेलनमा नेपाल सरकार सहआयोजक रहेको भन्दै आलोचना शुरु भएको छ ।
क्रिस्चियनिटी प्रचारको लागी गरिएको कार्यक्रममा नेपाल सरकार नै सहआयोजक रहेकोले आलोचना बढेको हो ।
यही मंसिर १४ देखि १७ गतेसम्म होटेल हयात रिजेन्सीमा सम्मेलन हुन लागेको छ । सो सम्मेलनमा नेकपाका नेता एवं प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाउने आयोजकको तयारी छ ।
कार्यक्रमको स्वागत समितिका अध्यक्ष पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल रहेका छन् ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले समाजिक संजाल टुइटरमा लेखेका छन् “विवादास्पद र शंकास्पद धार्मिक गतिविधिमा क्रियाशील गैरसरकारी संस्थाको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल सरकार सहआयोजक बन्नु, देशको पूर्व प्रधानमन्त्री संयोजक बस्नु लज्जाको विषय हो, राष्ट्र धर्म प्रचारक आइएनजीओको कार्यक्रममा सह आयोजक किमार्थ बन्न सक्दैन,मिल्दैन, हुँदैन । सरकार जवाफ देऊ,”
त्यसैगरी राप्रपाका धर्म- संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले पनि भनेका छन् “हिन्दु राष्ट्रको पहिचान समाप्त पार्न को, किन र कसरी संलग्न भए त्यसको पटाक्षेप हुँदैछ, अर्को हप्ता युपिएफ क्रिश्चियन मिशनको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदैछ, यो सम्मेलन हिन्दुत्व समाप्त पार्ने प्रस्थान विन्दु हुँदैछ, बेलैमा सचेत होऔं, एकजुट बनौं र आवश्यक परे हस्तक्षेप गरौं ,’नेपाललाई धर्म निरिपेक्ष राष्ट्र बनाउनको लागी र नेपालमा धर्म परिवर्तन गराउन यस्ता संस्थाहरुले विभिन्न आइएनजीओ मार्फत ठुलो रकम खर्च गरेका थिए र गर्दैआएका छन् ”
नेपालमा धर्म परिवर्तन गरिनु गैरकानुनी भएता पनि गरिब नेपालीलाई प्रलोभन र राम्रो भविष्यको आशमा धर्म परिवर्तन व्यापक रूपमा गराई रहेको छ। यस्ता कार्यक्रममा सरकार नै सहआयोजक भएपश्चात यसैलाई सरकारले प्रोत्साहन गरिरहेको पुष्टि समेत गर्दछ ।
नेपाललाई पुर्ण रूपमा क्रिस्चियन मुलुक बनाउन उद्दत युनिभर्सल पिस फेडरेसनले यस कार्यक्रम नेपालमा आयोजना गर्नको लागी मात्र ठुलो रकम खर्चिएको बताईन्छ ।