आचार्य सुजन अधिकारी कस्यप
कार्तिकस्यासितेपक्षे त्रयोदस्यां निशामुखे ।
यमदिपं बहिर्दद्यादपमृत्युर्बिनश्यती ।।
मृत्युना पाशदण्डाभ्यां कालेन श्यामया शह ।
त्रयोदस्यां दिपदानात्सुर्यज: प्रीयतां मम ।।
वैदिक सनातन धर्मावलम्बीहरुको प्रमुख चाड मध्यको दशै र तिहार हो । घटस्थापनाको दिन देखि कोजाग्रत पुर्णिामा दिन सम्मको समयावधिलाई महान दशैको रुपमा लिईने गरिन्छ । दशैको उल्लास मय समय पुर्णिामामा इति श्री भए पश्चात पुर्णिामाको १५ दिन पश्चात् यम पंचक सुरु हुन्छ । कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन देखि कार्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनलाई यमपंचक भनिन्छ ।
यमपन्चकको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मी पुजा , चौथो दिन गोवर्धन बलि पुजा र पाँचौं दिन भाई-दिदिबहिनी पुजनको रुपमा हाम्रो समाजमा लिइन्छ र हर्ष उल्लास का साथ मनाइन्छ । त्रयोदशिका दिनदेखि तिहार महोत्सव सुरु हुन्छ । त्रयोदशी पृतृका द्योतक कागको पुजन गरिन्छ सो दिन कागलाई मिष्टान भोजन फलफुल नैबेद्य अर्पन गरिन्छ । साथै त्रयोदशिका दिन नवीन भाडाकुडा खरिद गरिने परंरागत नियम पनि छ, सो धनतेरस को पुजन गरिन्छ । कार्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रबर्तक धन्वन्तरी महाराजको जन्म भएको हुदा नेचर पेथिकका अनुयायीहरु सो दिन धुमधामसंग भगवान धनवन्तरीको पुजाआजा गरि मनाउछन । गृहस्थजनले जब त्रयोदशीको दिन रात परेपछी या पर्न लागेपछि घरबाहिर आई यमराजलाई दिप दान गर्दछन । यो दिप दान गर्नाले मृत्यु , पाश , दण्ड , काल र सुर्य पुत्र यमराज आदि गरेका काल चक्र्ले अभय दान गर्दछन । आदिकालदेखि सनातन धर्म प्रेमीहरुले यो पर्व मनाउदै आएका छन् ।
सनातनिहरुको दोस्रो दिन कार्तिक कृष्ण पक्षको चतुर्दशीका दिन नर्गे चतुर्दशी तथा कुकुर तिहारको रुपमा लिइन्छ आदि कालमा श्वान ससरिर यमको पूर्वीय द्वार मार्फत यम सभामा पुगेको कारण कुकुरलाई स्नेहका साथ पुजन गर्ने चलन छ सनातनिहरुको । कुकुर मानव सभ्यताको आरम्भ कालदेखि एक बफादार प्रानी र साथी रहेको कारणले पनि सनातनीले कुकुर पुज्ने चलन छ । सो कुकुरको पुजा गर्नाले नरकदेखि काथर भएका जनहरुलाई यम द्वारको दक्षिण द्वार जानू नपर्ने र सिधै पूर्वीय द्वारबाट यम सभा प्राप्त हुने धार्मिक प्रमाण भएका कारण कुकुर पुजा नर्गे चतुर्दशी का दिन गरिन्छ । कुकुर एक विवेकशील , बफादार , स्वामी भक्त र अती नै घणशक्ति भएको प्राणीको रुपमा पनि लिइन्छ । कार्तिक चतुरदशीका दिन चारवटा बत्तीबाट तयार गरिएको दिप दान गर्नाले यम परिवारको अधिकारबाट मुक्त होइन्छ । हाम्रो गौरवशाली सनतन सभ्यतामा चर्तुदर्शीका दिन कालो मांसको सागसित भोजन गर्ने प्रचलन छ । मांसको सागसित भोजन गर्नाले मानिस पापबाट मुक्त हुन्छ।
दत्तो दीपश्च्तुर्दश्यां नरकप्रीतये मया ।
चतुर्वर्तिसमाउयुक्त: सर्वपापापनुत्तये।।
माषपत्रस्य शाकेन भुक्त्वा तत्र दिने नर।
प्रेताख्यायां चतुर्दश्यांसर्वपापै: प्रमुच्यते।
यी कर्महरु हाम्रो समाजमा आदिकालदेखि चली आएको छ । हाम्रो वैदिक समाजले गरेको अनेकन परम्परा बस्तु त वैदिक बिज्ञान स्वरुप छ अर्थात बिज्ञान परक छ । चर्तुदर्शीका दिन जो पितर यानमा बिश्वास गर्ने हामी सनातनीहरु छौ पितर को तृप्त र स्वयम् यम को पास बाट छुटन को निमित्त यम तर्पण गर्ने चलन चली आएको छ । तर आज काल व्यबहार मा भने यथेष्ट मात्रा मा पाइन्न । धर्मलाई सिरोधार्य गर्ने यतिन्द्रहरुले भने गर्ने गर्दछ्न जस्ले पित्रीको काममा अधिकार पाएका जन ले यम तर्पण अबस्य गर्नु पर्ने हुन्छ । मदन पारिजातमा भनिएको छ । अपमार्गका पत्रलाई जलमा डुबाएर आफ्नो शिरमा घुमाउदै स्नान गर्नु पर्छ ।
अपमार्गस्य पत्राणि भ्रामयेच्छिरसोपरी ।
ततश्च तर्पण कार्यं धर्मराजस्य नामभि :
यमाय धर्मराजाय मृत्यवे चान्तकाय च।
वैवस्वताय कालाय सर्वभुतक्षयाय च ।।
औदुम्बराय दध्नाय निलाय परमेष्ठिने ।
वृकोदराय चित्राय चित्रगुताय वै नम:
यमआदि गरेका सम्पुर्णहरुलाई मैले नमस्कार गरे भनी चौध नाम भएका धर्मराज, मृत्यु , यम , वैवस्वत , काल , सर्वभुत , औदुम्बर, दध्न , निल , परमेष्ठि वृकोदर, चित्रगुप्त , काल र अन्तकाय नाम गरेकालाई नमस्कार गर्दछु भनी तर्पन दिनु पर्छ । यो सनातनि परम्परा हो । साझ परे पछि महालक्ष्मी माता भगवतीको विधि पुर्बक पुजन गरिने परम्परा छ । आमावास्यका दिन गौ माताको पुजन गरिन्छ । गौ मातामा ३३ कोटि देवताको बास हुन्छ गाईको पंच बिकार दूध दहि घ्यु गौउत गोबर सबै अमृत तुल्य छन गाई हाम्रो माता पनि हुन अत सो दिन गाई पुजन हुने गर्छ। तिहारमा गाईको बिकारले अर्थात पंचगब्य छर्कदा शरद कालिन सबै किटाणु नास भएर जान्छ र कुना कुनामा बसेका नरार्म्रा र नकारात्मक रेजलाई तिहारमा बालिएको तेल युक्त बत्ति नास गर्दछ । अत: हाम्रा पुर्वजहरुले बिज्ञान युक्त कर्महरु नै गरेका हुन् । सो बैज्ञानिक छ पनि भन्न सकिन्छ । परेवाका दिन धर्म रुपि गोरु को पुजन हुन्छ । गोरु गो बंशको द्योतक हो । गाईलाई पृथ्वीको रूपमा लिइन्छ । गाई सबै धर्म , मजफ र सबै सम्प्रदायको निमित्त उपयुक्त छ । अत गौ माताको सेवा र प्रबर्द्धन गर्नु उत्तम हुन जान्छ । कार्तिक शुक्लपक्षको द्वितीयातिथिमा आदि कालमा सुर्य पुत्र यमराजलाई यमुनाले आफ्नै घरमा बोलाएर पुजा अर्चना गराएकी थिईन, त्यस कारण यो द्वितीया तिथि यम द्वितीयाको नामले प्रसिद्ध छ । सो दिन दिदीबहिनीको गृह्मा पुगेका दाजुभाईले आफ्ना दिदिबहिनीलाई आलंकार , वस्त्र र सुवर्ण दान गरि दिदिबहिनीहरुको सत्कार गर्नु पर्छ । पुराणहरुमा पाइएको प्रमाण यस प्रकार छ्न ।
पितृव्यभगिनीहस्तात्प्रथमायां युधिष्ठिर ।
मातुलस्य सुताहस्ताद् द्वितीयायां तथा नृप ।।
पितृर्मातु: स्वसु: कन्ये तृतीयायां तयो करात्।
भोत्तव्यं सहजायाश्च भगिन्या हस्तत: परम्।।
सर्वासु भगिनीहस्ताद्भोव्यं बलबर्धनम् ।
यस्यां तिथौ यमुनया यमराजदेव : सम्भोजित : प्रतिजगत्स्वसृसौहृदेन।
तस्यां स्वसु: करतालदिह यो भुनक्ती प्राप्नोती रत्न्सुख्धान्यमनुत्तमंस: ।।
भविष्य पुरानमा भनिएको छ, श्रावण शुक्लद्वितीयामा जेठा बा कान्छा बाका छोरीहरुको हातबाट भोजन गर्नु । भाद्र शुक्ल द्वितीयामा मामाका छोरीको हातबाट भोजन गर्नु ।आस्विन शुक्लद्वितियाका दिन ठुली आमा सानीआमाका र फुपुका छोरीहरुका भोजन गर्नु र कार्तिक शुक्लद्वितीयाका दिन सहोदर दिदीबहिनीको हातबाट पुष्ठिबर्धक भोजन गर्नु भनी भनिएको छ ।अत: भाइ टिकाका दिन दिदिबहिनीको घरमा गै जसले भोजन गर्छ उसले संसारका उत्तम रत्न धन एबम धान्यको सुख भोग गर्न पाउछ। त्यस दिन भगिनीहरुद्वारा यम परिवारको सोडस पचार विधिद्वारा पुजन गरिन्छ । त्यस पश्चात दिदीबहिनीहरुले भातृ पुजन गर्ने चलन छ । यस महान तिहारको बडो महत्व भएको दर्शनबाट थाहा हुन जान्छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५ ०९:०२