कार्तिक ३- दशैँमा नेपालीहरुमाझ नयाँ नोटको निकै प्रचलन बढेको पाईन्छ । मान्यजनको हातबाट टिका , जमरासहित नगद पनि पाईने भएपछि नयाँ नोटको चलन बढेको हो । तर दशैँको बेला प्रयोगमा ल्याउँने नयाँ नोटमा अबिर , केशरी दलिएपछि कामै नलाग्ने हुने गरेको भने धेरैलाई थाहा नहुनसक्छ ।
रंगले पोतिएका नोट राष्ट्र बैंक पुगेपछि पुनः त्यसलाई बजारमा पठाइँदैन । र, त्यसको सट्टामा नयाँ नोट छापिन्छ । यसमा नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई वर्षमा ४० करोडको अतिरिक्त ब्ययभार थपिन्छ । यस्ता फोहर नोट खिचेर पुन छाप्नको लागि राज्यको वर्षमा करोडौं खर्चिनु परिरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।
दशैमा टीका लगाउने क्रममा नयाँ नोट दिने प्रचलन पुरानो हो । दक्षिणाका रुपमा दिने पैसालाई टिका लगाएकै हातले समातेर दिँदा त्यसमा रङ लाग्छ । यसरी रङ लागेको पैसालाई राष्ट्र बैंकले भने विभिन्न बैंकहरुको सहयोगमा खिचेर नष्ट गर्छ । र, फेरि नयाँ नोट छाप्छ ।टीका लगाउने क्रममा नोटलाई खाममा राखेर दिँदा नोट सुरक्षित हुन सक्थ्यो । तर, पैसा देखाएर हातबाट हातमै दिने चलन ब्याप्त छ ।
कार्यकारी निर्देशक निरौला चिसो तथा फोहोर, रङ र तेल लागेको हातले नोटले नछुने हो र आकार अनुसार वालेट वा खाममा राखेर प्रयोग गर्ने हो भने नोटको आयू बढ्ने बताउँछन् ।नोट मैलो र फोहोर हुने नै मूख्य सिजन नै दशैं हो । अन्य समयमा पनि मासु पसलेहरुबाट बढी नोट फोहोर हुने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
यसरी नोट फोहर भएका कारण राज्यको वर्षेनि ४० करोड बराबरको अनावश्यक खर्च हुँदा पनि यसबारे खासै सोचिएको थिएन । यो पटक भने राष्ट्र बैंकले दशैंमा नयाा नोट बाँड्ने प्रचलन पनि कायमै राख्नेर नराख्नेबारे बहस सुरु गरेको छ ।दशैका समयमा नोट रङ्गाउने बढ्दै गएपछि राष्ट्र बैंकले अबको दुईवर्षपछि दशैंमा नयाँ नोटको वितरण नै बन्द गर्ने योजना बनाएको छ ।
नयाँ नोटको सट्टामा सुकिला नोट बजारमा प्रचलनमा ल्याउने निरौला बताउँछन् ।दशैका समयमा नयाँ नोट वितरण गर्नुभन्दा सुकिला नोटहरु नै प्रचलनमा राखेर त्यसको सुरक्षा र संरक्षणमा नागरिकलाई सचेत बनाउन आवश्यक देखिएको निरौलाले बताए । यो वर्षमात्रै साना ठूला गरी ४० अर्बको नयाँ नोट दशैंका बेला बजारमा ल्याइएको छ ।
नोट सुरक्षामा जनताले ध्यान दिए राज्यको करोडौं रकम बच्ने बैंकरहरु पनि बताउँछन् । दशैंमा राष्ट्र बैंकले प्रति सर्वसाधारण नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २र२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिँदै आएको छ ।
नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकलेठूलो लगानी लाग्छ । अनुरोध छ । साथै दशैँमा नयाँ नोटलाई जथाभावीरुपमा प्रयोग नगर्न पनि बैंकले सर्वसाधारणमाझ आग्रह गरेको छ । कालिका न्युजबाट