काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालको भूमिमा चीनविरोधी गतिविधि भइरहेको आरोप लगाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
मोर्चाले तिब्बती पृथकतावादी धार्मिक नेता रिम्पोचेको नेपाल आगमनलाई स्पष्ट रूपमा चीनविरोधी गतिविधि ठहर गर्दै तत्काल कारबाहीको माग गरेको छ ।
फ्रन्टले जारी गरेको प्रेस विज्ञप्तिमा जनवरी २९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत रिम्पोचे नेपाल प्रवेश गर्नु अप्रत्याशित र अवाञ्छित भएको उल्लेख गरिएको छ । 'डोल्पो सोसाइटी' नामक संस्थाले दशदिने प्रवचन कार्यक्रमका लागि रिम्पोचेलाई आमन्त्रण गरेको भन्दै मोर्चाले उक्त गतिविधि नेपालको घोषित एक–चीन नीतिविरुद्ध रहेको दाबी गरेको छ ।
विज्ञप्तिमा एक साताभन्दा बढी समय बितिसक्दा पनि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले डोल्पो सोसाइटीविरुद्ध कुनै कदम नचालेको उल्लेख गर्दै यसका पछाडि सरकारी संरक्षण रहेको आशंका व्यक्त गरिएको छ । एक–चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको नेपालले तिब्बत स्वतन्त्रताको समर्थक व्यक्तिलाई सार्वजनिक कार्यक्रमका लागि निम्त्याउनु चीनविरोधी मोर्चामा उभिनु सरह भएको फ्रन्टको ठहर छ ।
ग्रेटर नेपाल नेशनलिस्ट फ्रन्टले नेपाल सरकारको व्यवहारलाई दोहोरो चरित्रको संज्ञा दिँदै यसले नेपाल–चीन सम्बन्धमा गम्भीर अविश्वास पैदा गरिरहेको चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, यदि चीनले यस घटनालाई नेपालको विश्वासघातका रूपमा व्याख्या गर्यो भने दुई देशबीचको सम्बन्धमा गम्भीर विचलन आउन सक्ने खतरा रहेको छ ।
नेपाल–चीन सम्बन्ध नेपालकै सार्वभौमिक अस्तित्वसँग गाँसिएको विषय भएको उल्लेख गर्दै फ्रन्टले सरकारले यसप्रति उदासीनता देखाए त्यसको परिणाम देशका लागि विनाशकारी हुन सक्ने जनाएको छ । मोर्चाले यस घटनापछि बिग्रँदै गएको सम्बन्धलाई पूर्ववत् अवस्थामा फर्काउन तत्काल ठोस कदम चाल्न सरकारसँग माग गरेको छ ।
ग्रेटर नेपाल नेशनलिस्ट फ्रन्टका अध्यक्ष फणीन्द्र नेपालले डोल्पो सोसाइटीको दर्ता तत्काल खारेज गर्न, संस्थाका अध्यक्ष ताशी फोन्चो गुरुङमाथि कडा कारबाही गर्न र रिम्पोचेलाई तुरुन्त नेपाल छोड्न आदेश दिन सरकारलाई आग्रह गरेका छन् । उनले यी सबै निर्णय शीघ्र कार्यान्वयन नभए नेपाल–चीन सम्बन्ध थप जटिल बन्दै जाने चेतावनी पनि दिएका छन् ।

पृथकतावादी धर्मगुरु रिम्पोछेको नेपाल आगमनको उद्देश्यलाई लिएर ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको छ । यसले नेपालको एक–चीन नीतिमाथि प्रश्न उठाएको मोर्चाको भनाइ छ ।
पृथकतावादी धर्मगुरु रिम्पोछे जनवरी २९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । ‘डोल्पो समाज’ नामक संस्थाले रिम्पोचेलाई १० दिन लामो प्रवचन कार्यक्रममा आफूखुसी आमन्त्रण गरेको विज्ञप्तिमा उल्लेख छ ।
'एक हप्ता बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट उक्त संस्थामाथि कुनै कारबाही नहुनुले यसमा सरकारी समर्थन रहेको स्पष्ट हुन्छ, मोर्चाका अध्यक्ष नेपालले भनेका छन्, 'एक–चीन नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको नेपालले तिब्बतको स्वतन्त्रताको कट्टर पक्षधर रिम्पोचेलाई आमन्त्रण गर्न सहमति दिनु सरासर चीनविरोधी खेमामा उभिनु हो ।'
नेपाल सरकारको यो दुईजिब्रे व्यवहारका कारण नेपाली आकाशमा अविश्वास र षड्यन्त्रका बादल मडारिएको विज्ञप्तिमा उल्लेख छ ।
मोर्चाले विगतदेखि नै नेपालको विशाल भूभाग भारतले ओगटेको विरोध, भारतीय गतिविधिमा रोक र चीन विरोधी कार्य बन्द हुनुपर्ने माग राखेर विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
यसको अगुवाई फणीन्द्र नेपालले गर्दै आएका छन् । यो अभियानमा उनी तीन दशक भन्दा बढीदेखि सक्रिय रहँदै आएका छन् ।