काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूबीच छलफल भएको छ।
जंगी अड्डामा पछिल्लो समसामयिक परिस्थितिबारे छलफल गर्न प्रधान सेनापति अशोकराज सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका हुन्।
पछिल्लो समय भदौ २३ र २४ गते भएको घटनाबारे नेपाली सेनाले गम्भीरतापूर्वक हेर्दै आएको छ।
नेपाली सेनाले अन्तरिम सरकार गठनको प्रक्रियामा खेलेको भूमिकाबारे प्रशंसा र संयमताका विषयमा चर्चा भएको छ ।
भदौ २४ गते रातिदेखि सेनाले कफ्र्यु जारी गरी स्थिति नियन्त्रणमा लिएको थियो।
शुक्रबार यी गतिविधिबारे छलफल भएको जंगी अड्डाले जनाएको छ।
यस्तै बिहीबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूसँग पनि प्रधान सेनापति सिग्देलले छलफल गरेका थिए।
आठ जना पृतनापतिहरूसँग भर्चुअल माध्यमबाट समन्वयात्मक बैठक समेत सञ्चालन गरेका थिए।
सेनाले हरेक वर्ष दुई पटक पृतनापति समन्वयात्मक बैठक राख्ने गरेको छ।
अझै सेनाले सबै परिस्थितिलाई चनाखोपूर्वक हेरिरहेको र दलहरुका गतिविधि नियालिरहेको स्रोतले जनाएको छ ।
देश र नागरिकको सुरक्षाका लागि नेपाली सेना अनवरत आफ्नो कर्तव्यमा सबैभन्दा अगाडि रहने सैनिक स्रोतले जनाएको छ ।