बेइजिङ । चीनमा रहेका विश्वभरका नागरिकले आज सोमबार बुद्ध जयन्ती धुमधामपूर्वक मनाएका छन्।
चिनियाँ भिक्षुहरूको सामूहिक प्रार्थना तथा पूजापाठका साथ चीनको राजधानी बेइजिङमा सोमबार २५६९ औँ बुद्ध जयन्ती मनाइएको हो।
चीनमा अधिकांश समाज धर्मरहित छन्। तर पनि बुद्धको दर्शनलाई यहाँ अत्यधिक सम्मान गर्ने चलन छ।
नेपाली दूतावासले पनि बुद्ध जयन्ती मनाएको छ।
हरेक वर्ष बुद्ध जयन्तीको अवसरमा बेइजिङस्थित नेपाली राजदूतावासले प्रार्थनासभा, सिङिङ बाउल ध्यान लगायतका कार्यक्रम आयोजना गरी विभिन्न देशका कूटनीतिज्ञहरूमाझ बुद्ध जयन्ती मनाउँदै आएको छ।
बेइजिङस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरू, शुभेच्छुक संस्थाका चिनियाँ नागरिकहरू, यहाँस्थित नेपाली समुदायका सदस्यहरू र चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिसहित एक सयभन्दा बढी व्यक्तिहरू बुद्ध जयन्ती समारोहमा सहभागी भएका थिए।
कार्यक्रममा चिनियाँ बौद्ध सङ्घका उपाध्यक्ष भिक्षु छाङ चाङले चीन र नेपालबीचको घनिष्ठ सम्बन्धबारे चर्चा गर्दै शान्ति र समृद्धिका लागि दुवै देशले निरन्तर सहकार्य गर्नुपर्ने बताए।
चीनमा धार्मिक कट्टरता छैन र सबै नागरिक स्वतन्त्र छन्। राजनीतिक अधिकारमा केही संकुचन भए पनि चीनको मातृशक्ति, किशोर उमेरका छोरीहरूको स्वतन्त्रता, सुरक्षाका साथै खुला समाज निकै लोभलाग्दो छ।
चिनियाँ नागरिकमा कुनै धार्मिक जडता छैन। बुद्ध दर्शनमा आस्था राख्नेहरू तथा केही नागरिक क्रिश्चियन धर्ममा पनि आस्था राख्छन्।
तर पछिल्लो पुस्तामा ६२ प्रतिशतभन्दा बढी नागरिक धर्मरहित बनेका छन्।
चीनमा झन्डै शतप्रतिशत महिला सुरक्षित रहेका छन्।
खानपान, लवाइखुवाइ र रहनसहनमा चिनियाँ नागरिक स्वतन्त्र छन्।
माछा–मासुका विभिन्न परिकारमा चिनियाँ स्वाद विश्वमै उत्कृष्ट मानिन्छ।
चीनमा कुनै समुदाय, धर्म वा परम्परागत सोचले "यसरी गर", "त्यसरी नगर", "यो खा", "उ त्यो नखा" भन्ने दबाब दिन पाउँदैन। यदि कसैले यस्तो दबाब दियो भने उसलाई आजीवन कारावास सजाय हुन्छ।
चीनमा परम्परागत विवाह प्रतिबन्धित छ। आफ्ना अभिभावकले छोराछोरीको वैवाहिक स्वतन्त्रतामा हस्तक्षेप गर्न पाउँदैनन्।
– एजेन्सी