काठमाडौँ । पोखराको लेकसाइडमा पर्यटक आवागमन ध्वस्त बनाउने निहीत उद्देस्यका साथ आयोजना हुन लागेको कोटीहोममा हिंसाको सुरुवात गरिएको छ ।
आज शुक्रबार कोटीहोम आयोजकले व्यापक हतियार बोकेका व्यक्तिहरु परिचालन गरेको छ ।
धर्मलाई विवादमा ल्याउने भुमिका खेल्दै आएको मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि फेवाताल स्थित लेकसाइडमा भूमिपुजन गर्न कोटीहोम क्षेत्रमा रड र हतियार बोकेको समूह तैनाथ गरेको हो ।
बिहानैदेखि भूमिपुजन गर्ने पक्षले यस्तो हर्कत गरेपछि स्थानीय रैथानेहरुले रोक्ने प्रयास गरेका थिए । कोटीहोम आयोजना गर्न बाहिरबाट नेपाली सहित इन्डियनहरु समावेश छन् ।
इन्डियन वाचक र वाचिकाले सामाजिक संजालमा यो कोटीहोमको प्रचार गरिरहेका छन् । यसमा केही स्थानीय अतिवादले साथ दिएपछि आयोजक हौसिएको हो ।
आयोजक जानीबुझी तेस्रो मुलुकका पर्यटक रोक्न कोटीहोमको हतियार प्रयोग गरेको छ । धर्मको नामबाट सोझा निरीह जनतालाई जालमा पार्दै नेपालको पर्यटन क्षेत्र तहसनहस बनाउने आयोजकको योजना देखिन्छ । फेवाताल किनारमा तेस्रो मुलुकका पर्यटकलाई असर पार्ने त्यो कोटीहोम, सरकार बेखबर !
अहिलेसम्म पोखरा महानगरले कोटीहोम गर्न अनुमति दिएको छैन । किन बलजफ्ती आयोजकले तेस्रो मुलुककै पर्यटक रमाउने स्थानमा कोटीहोम गरेर पर्यटन क्षेत्रलाई बर्बाद बनाउन खोज्यो ? यो विषय अहिले चौतर्फी उठिरहेको छ ।
पर्यटकलाई अबरोध र असर पर्ने भएकोले व्यवसायी, महानगर र प्रशासन कोटीहोम रोक्न खोजिरहेका छन् । तर, इन्डियातिरको अदृष्य शक्तिका कारण आयोजक अटेर गर्दै बसिरहेको छ ।

प्रशासनलाई नै चुनौती दिनेगरि आज कोटीहोम आयोजक पक्षले रड र हतियार बोकेको समूह तैनाथ गरेको हो ।
पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको छ । कार्यक्रमको अनुमति महानगरले दिएको छैन । अनुमति विना कार्यक्रम हुन सम्भवै नभएको महानगरले बताएको छ ।
फाउन्डेसनका संस्थापक विजय कृष्णमृति भनिने उर्फ विजय भण्डारीले धर्मको नाममा अधर्म गर्ने यसअघि वताइसकेका थिए । धर्मका लागि अधर्म सबै काम गर्न तयार
स्थानीयले यदि यहाँ कोटीहोम भयो भने काटमार हुने चेतावनी दिएका छन् ।
यो हिंसा रोक्न सरकारले तुरुन्तै कोटीहोम बन्द गर्न आदेश दिनुपर्ने स्थानीयबासीको माग छ ।
उता पर्यटन व्यवसायीले विदेशी पर्यटकलाई असर पर्नेगरि हुन लागेको कोटीहोम रोक्न सरकारसँग माग गरेका छन् ।
तेस्रो मुलुकका पर्यटकको केन्द्र पोखराको लेकसाइडमा कोटीहोम गरेर पर्यटन क्षेत्र ध्वस्त बनाउने षडयन्त्र सुरु भएको व्यवसायीहरुले बताएका छन् ।
आयोजक मानव सेवा फाउण्डेसनका संस्थापक विजय भण्डारी पटक पटक धेरै प्रकारका अपराधी कृयाकलापमा मुछिएका व्यक्ति हुन् । यहाँ क्लिक गर्नुस
उनी विरुद्धका मुद्दा अझै अदालतमा विचाराधीन अवस्थामा रहेका छन् । विजय भण्डारीले मानव सेवा फाउण्डेसन नामक संस्था खोलेर धार्मिक व्यापार र गैरकानुनी कामहरु गर्दै आएका छन् ।
तस्बिरहरुः रास ।