मंगलबार मन्त्री परिषदले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्ति गर्ने निर्णय गरेको छ । नेपाल प्रहरीको लोकप्रियतालाई उचाईमा पुर्याउन सफल खनालले थुप्रै कामहरु गरेको छन् । उनी चर्चित बनाएका महत्वपूर्ण कार्यहरु नेपालीको मस्तिष्कमा ताजा नै छ । उनले फुटबल म्याच फिक्सिङदेखी नाकाबन्दीमा समेत सहजीकरण करण गरेका थिए ।
मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार घैंटेको इन्काउन्टर। खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता थियो, जसका कारण काठमाण्डौंमा शान्ति सुरक्षा एवं अमन चयन कायम गर्न उनको उल्केखनिय भूमिका रह्यो । घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएका थिए उनलाई ।
– फुटबल म्याच फिक्सिङ
भनेपछि गर्ने र गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको ठूलो र जोखिमयुक्त अप्रेसन । म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो । त्यो बेला उनले मिडियामा प्रतिक्रिया दिँदै भनेका थिए ‘मेरो उद्देश्य पूरा भयो’ । यो सफलतापछि उनी हाइ हाइ नै भए । खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्यायो ।
-नाकाबन्दीमा सहजीकरण
नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव पनि सर्वेन्द्रको जालोमा परे । लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हतकडी लगाए । १ सय लिटर तेल हाल्दा मिटरमा १ सय लिटर देखिए पनि ५ लिटर कम हुने गरेको प्रहरीको अनुसन्धानपछि खुल्नआयो । प्रहरीले नेपाल पेट्रोल एसोसिएसनका पदाधिकारी सहित पेट्रोल पम्पका सञ्चालकलाई पक्राउ गर्यो । खनालको टोलीले नाकाबन्दीले जनताले पीडा भोगेको बेला त्यसको फाईदा उठाउँदै कालोबजारी गर्न सहयोग गरेको आरोपमा सरकारका सहसचिव तथा नापतौल विभागका प्रमुख रामआधार साहलाई हतकडी लगायो ।
-जमिम शाहको हत्यारा पक्राउ
महाशाखामा आएको केही समयमा नै उनले संचार उद्यमी जमिम साहको हत्याका मुख्य आरोपीलाई पक्राउ गरे । जमिम हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो ।
– निर्मम हत्याकाण्डको पर्दाफास
ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै एसएसपी खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई एसएसपी खनालकै टोलीले पक्राउ गरेर देखायो ।
-अवैध कन्सलटेन्सीहरुमाथि कारवाही
अवैध धन्दा गर्ने कन्सलटेन्सीहरु उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन भन्दै उनले कारवाही अगाडि बढाए । छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे ।
– युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालकपक्राउ
विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णु बहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे। अनेकन प्रलोभन देखाएर यी दुई दाजुभाईले ठगीको सन्जाल नै चलाएका थिए ।
– सम्बेदनशिल एवं चुनौतिपूर्ण जिल्लाहरुको सफलतापुर्वक कमाण्ड
जनकपुर, पर्सा लगायतका तराइका नमा बस्दा एसएसपी खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खेल्नु पर्यो । उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछी त उनले भारतको समेत पुरस्कार पाए । उनले नेतृत्व समालेपछि अपराध महाशाखाले सयौं मुद्धामाथि सफल अप्रेसन गरेको थियो । राष्ट्र र जनताको पक्षमा काम गर्ने कुशल र बहादुर योद्धा विरलै जन्मन्छन् । जसको कामप्रति आशा र भरोषा गर्न सकिन्छ । समाजलाई सत्यको बाटो देखाउने र समाजमा रहेका विकृति र विसंगतीको विरुद्ध धावा बोल्ने खनाल अहिलेलाई नेपाली समाजका नायक हुन भन्दा फरक पर्दैन ।
नेपाल प्रहरी संगठनको नीति निर्माण तह तथा व्यवस्थापकिय कार्यमा पोख्त रहेको