विजया दशमीको पहिलो दिन आज घटस्थापना हो । आजबाट नव दुर्गाको पुजा आरधनाअ शुरु हुन्छ । आज शैलपुत्रीको पुजा आरधना गरिन्छ । पर्वत अर्थात् शैलकी छोरी भएकीले शैलपुत्री नाम भएको हो । शैलपुत्री पूर्वजन्ममा दक्षकी पुत्री थिइन् र सती नामले प्रसिद्ध भइन् । दुवै जन्ममा शिवसँगै विवाह भयो । दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमल लिएकी शैलपुत्रीको वाहन वृषभ (साँढे) हो ।
शैलपुत्रिको पूजाबिधी
स्नानआदि नित्यकर्म गरेर सर्वप्रथम गंगाजल जा गाईको गहुतले शुद्ध गरि काठमाथि रातो बस्त्र बिछ्याई शैलपुत्रिको तस्बिर स्थापना गर्नुपर्दछ । शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ जसमध्ये धान, चामल, जऊ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अविर, केशरी, शौभाग्य, शृङ्गार, सिन्दुर, नरिवल, फलफूल, पकवान्न, धूप, बत्ति, कपुर, फूल, माला आदि सरजाम मिलाई पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसी दाहिनेतर्फ रहेको दिप प्रज्वलन गरी दियोको आवाहन सहित सबै उपचारले पूजागरि फल, प्रसाद, दक्षिणा चढाउनु पर्दछ, तत्पश्चात् दाहिने हातमा जौ, तिल, पानि, फूल, कुश या दुबो र द्रब्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नम सहित परिवार तथा बन्धु बान्धबहरूको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनु पर्दछ । संकल्प पश्चात् अर्घ स्थापनागरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गं गणपतये नमस् भन्दै सबै उपचारले पूजा गरिसके पछि धुप, दिप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने तत्पश्चात् इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहनगरी कलशभित्र पञ्चरत्न। पञ्चपल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथी नरिवल, सुपाडी वा सिन्गोफल राखेर सबै उपचारले पूजागर्दै धुप, दिप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ ।
शैलपुत्री माताको पूजा गर्दा निम्न मन्त्र उच्चारण गर्नुपर्दछ ।
वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्।
वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम्॥
पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा।
पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता॥
प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम्।
कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम्॥
वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम।
वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम्॥
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६ १०:१५