काठमाडौं, असार २८ गते । विहीबारदेखि देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण शनिवार मध्यान्नसम्म ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
देशका विभिन्न भागमा वर्षासँगै आएको बाढी र पहिरोका कारण ३० जनाको मृत्यु हुनुका १३३ जनाको सकुशल उद्धार गरिएको नेपाल प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैबीच गृहमन्त्रालयले दिउँसो २.०० बजे जारी गरेको विज्ञप्तिमा २९ जनको मृत्यु हुनका साथै २४ जना घाइते भएको जनाएको छ । यस्तै गृहमन्त्रालयले हालसम्म बाढी र पहिरोका कारण वेपत्ता रहेकाको संख्या १४ रहेको र दुई हजार ६५ घर परिवार विस्थापित भएको जनाएको छ ।
मृतकको नामावली
पर्सा: निखील पटेल
भोजपुर :जनक वि.क. र जगत बहादुर राई
रामेछाप: पदम कुमारी सुनुवार
सिन्धुली: हेमकुमारी सुनुवार र कार्वन कपारी
काभ्रेपलान्चोक: गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी
ललितपुर:सरोज जिम्वा,अविरल गोले, संन्दिप लोल्हो,
सुवेश बस्नेत, सिता रानामगर, सानु मैया लोल्हो
काठमाण्डौ: सर्मिला यादव, नितु यादव र कुन्दन यादव
धादिङ्ग: अस्मिता तामाङ्ग, राज कुमार ठकुरी
खोटाङ्ग : रेखा राई, रोमन राई र रोहन राई
मकवानपुर : सन्तमाया बलामी र सानुकान्छा सुनुवार
बारा : विक्कु यादवईलाम: मानाहाङ्ग लावती
झापा : ऐलिजा न्यौपानेओखलढुङ्गा पासाङपुटी शेर्पा