रौतहट । सिमानामा भारतले एकतर्फी रुपमा बनाएकाे बाँधका कारण गाैर डुबानमा परेकाे छ । भारतले निकास दिनुकाे सट्टा उल्टै सिमाक्षेत्रमा सुरक्षाकर्मी थपे पनि पानीले अन्तत: साे बाँध समेत भत्काएर बग्न थालेकाे छ ।
भारतीय पक्षबाट अवैध रुपमा बाधिएको बाँध फुटेर बाढीको पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको हाे ।
सिमानाकाे बाँध भत्केर पानी बग्न थाले पछि गाैर क्षेत्रमा जमेकाे पानी निकास हुन थालेकाे छ भने उता भारतीय बस्तीहरु डुबानमा परेका छन् । विहारका बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलियालगायत बस्दी डुबानमा परेपछि स्थानीयय बासिन्दा जाेखिममा परेकाे बताइएकाे छ ।
बाध फुटेको भएता पनि फेरी भारतिय पक्षले बाढी रोक्नको लागी पहल गरिरहेको स्थानियले जानकारी दिएका छन् । भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका छन् ।
भारतले दशगजा क्षेत्रमा एकतर्फी बनाएकाे अवैध बाँधले नेपाल र भारत दुवैतर्फका सीमा क्षेत्रका बासिन्दाहरू जाेखिममा परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार अविरल वर्षाका कारण जिल्लाको बागमती नदी र बकैया नदीबाट तटबन्ध फुटाएर गाैर अासपासका बस्तीमा बाढी पसेकाे थियाे । भारतले बाँबाधेको बाधमा जमेर पानीले निकास नपाउँदा समस्या विकराल बनेकाे हाे ।
नदीहरुमा जलसतह खतराकाे तहभन्दा माथि पुग्दा पनि बाँधमा भएका ढोकाहरु भारतीय पक्षले नखोलिदिँदा संकट निम्तिएको बताइएकाे थियाे । तर पानीकाे सतह र चाप अत्यधिक बढेपछि आफै बाँध भत्किएर बग्न थालेकाे हाे ।
यसैगरी बाढीले बकैया नदीको हर्साहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा छन् । यस्तै अर्को बागमती नदीको बाध भत्किएर गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।