काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले आज बिहानै टिवट् गर्दै छौंडाहरु आफैं चल्मलाएका हुन् कि कसैले छोडेका भनेर प्रश्न उठाएका छन् । उनले कविता शैलीको ट्विटमा भनेका छन्ः
भनिन्छ, छौडाहरु आफैं चलमलाउँदैनन्,
कसैले छोड्छन्,
दुःख दिन्छन् !
यी छौंडाहरु आफैं चल्मलाएका हुन् कि
कसैले छोडेका?
उनले यो कुरा कतातिर संकेत गरेका हुन् त्यो भने खुलेको छैन । उनको ट्विटमा तीव्र प्रतिक्रिया आइरहेका छन् । चार घण्टामा नै दुई सयभन्दा बढीले रिप्लाइ गरिसकेका छन् । अधिकांशले उनको आलोचना गरेका छन् ।
विष्णु रिमालको भनाईलाई लक्षित गर्दै यस्तो प्रतिक्रिया देखिएको छ ।
उषाकिरण तिम्सेनाले लेखेकी छन्– कमरेड तपाँई पार्टीको स्यायी कमिटी सदस्य र प्रम ज्युको सल्लाहकार दुबै पद बाट राजिनामा दिनुस् । यो चेतनास्तरले दुबै पदलाई न्याय गर्न सक्दैन ।
तारानाथ दाहालले भनेका छन्– छि छि सरकारका प्रमुख सल्लाहकारको भनाई !
विष्णु पाण्डे लेख्छन्– कठै सल्लाहकारज्युका शब्द चयन ! भोली फेरी यही समाजमा सामान्य नागरिकको रुपमा जिवन यापन गर्नु पर्ने दिन आउँदैन ? कि त्यती दुरर्दर्शिता पनि छैन ? सोचाइ साह्रै निकृष्ट र भाषा तल्लो स्तरको हुनुपर्ने बिशेषता सहित सल्लाहकार पदको आबेदन माग भएको थ्यो कि पद नै यस्तो हो या पारिवारिक गुण ?
कमल रिजालले लेखेका छन्– महाशयज्यू, बेफुर्सदीले गर्दा ऐना हेर्न बिर्सिनु भो कि कसो हो। सत्तारशक्तीको नशा त सबैलाई कडै पो लाग्दो रछ, अरुलाई त पहिले नै देखीएकै हो, हानिकारक छ। कसैलाई केहि नभन्ने बिचार गरियो। अरुमाथी एक औला उठाउदा चार आफै तिर फर्कन्छ। कम्णिष्ट झै तिक्ष्ण बुद्धी नभए पनि यति चै बुझिएकै छ।
डा. विजय पाैडेलले रिप्लाइ गरेका छन्– विष्णु सर, यो अमुर्त कविता कसका लागि हो ?रु के यो तपाईकै ह्यान्डल हो रु हो भने यस्तो नलेख्नुस । गलत गर्नेका विरुद्ध वैचारिक तरिकाले लेखम न है, यस्तो रिस लागेजस्तो नदेखाम भन्ने अनुरोध गर्दछू ।
अशेष घिमिरे लेख्छन्– तपाईं प्रत्येकले हेर्नैपर्ने सुन्नैपर्ने @pmnepal ? हो । सत्ताको केन्द्रमा बस्ने एउटा महत्वपुर्ण पात्र कसरी खतरनाक बन्दै जान्छ, कसरी उसमा बिनयशीलता, नम्रता नष्ट हुँदै जान्छ बडो मजासँग सिक्न सकिन्छ । तपाईं आजको कालखण्डको ध्यान दिइनुपर्ने उदाहरण हो । धन्यवाद ।
कमल लामिछानेले रिप्लाइ गरेका छन्– तपाईंको यो स्तरको भनाईंमा टिप्पणी गर्ने शब्दसम्म खोज्न गाह्रो भयो मलाई ।@pmnepal ज्यु , सल्लाहाकारको यो ट्विटलाई हेर्नुहोस् र प्रधानमन्त्रीको तहबाट जिम्मेवारी पुरा गर्नुहोस् ।