काठमाडौं । जेष्ठ ३२, दाेलखा जिल्लाकाे उत्तरी भेगकाे केन्द्र सिँगटिमा सेठ भैरवसिँह खडकाका सन्ततीहरूले निर्माण गरेकाे भैरवश्वर महादेव मन्दिर ट्रष्ठकाे छैटाैं साधरण सभा आज काठमाडौंमा सम्पन्न भएकाे छ ।
ट्रष्टका महासचिव राप्रपा केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खडकाले सेठ भैरवसिंह खडकाको सन्ततिहरूले करिव एक कराेडकाे लागतमा दाेलखा जिल्लाकाे उत्तरी भेगकाे केन्द्र सिँगटिमा गर्व गर्न लायककाे मन्दिर बनाएकाे बताएका छन् । उनले मन्दिरकाे संरक्षण सदुपयोग र कार्ययोजना स्थानिय समितिलाई हस्तान्तरण गरिएकाे वताउदै ऐतिहासिक मन्दिर वनाउन सहयाेग पुर्याउने सवैलाई धन्यवाद दिए । गुठि विधेयककाे नाममा मुलुककाे धर्म संस्कृति मास्ने षड्यन्त्र भएकाे बताउदै खड्काले विधेयक फिर्ता लिन सरकारसँग अाग्रह गरे ।

ट्रष्टका पुर्व अध्यक्ष समाजसेवी पुष्कर वहादुर खड्काले उद्घाटन गर्नु भएकाे उक्त कार्यक्रममा संरक्षक रूद्रवहादुर खडकाले पुर्व अध्यक्ष पुष्कर वहादुर खडकाकाे सम्मान गर्दै उहाँले ट्रष्ट स्थापना गर्न खेल्नुभएकाे याेगदानकाे चर्चा गरेका छन् ।
कार्यक्रममा उपाध्यक्ष वाेलेन्द्र वहादुर खडका,पुँवार खडका गुँठिका अध्यक्ष सहदेव खडका,समितिका सदस्य हरिशरण खडका,पुंवार खडका गुठिकाे पुर्व अध्यक्ष चन्द्र वहादुर खडका,काेषाध्यक्ष अरूण खडका, सिँगटि शाखा अध्यक्ष रामचन्द्र खडका,ट्रष्टका अध्यक्ष जगदिश खडका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

ट्रष्टकाे साधरण सभाले पुष्कर बहादुर खडकालाई मानार्थ संरक्षक, रूद्रवहादुर खडका संरक्षक जगदिश खडका अध्यक्ष, उपाध्यक्षमा वाेलेन्द्रवहादुर खडका, सहदेव खडका, श्यामराज खडका महासचिवमा विजय खडका, सचिव रणदिप खडका, सहसचिव उमेश खडका,काेषाध्यक्ष अरूण खडका, सह-काेषाध्यक्ष चण्डीका खडका सदस्यहरूमा हरिशरण खडका,युधिष्ठिर खडका, रामचन्द्र खडका, लवकुमार खडका, रामवहादुर खडका, मेरिना स्मृति,मखमलि खडका लगायतका समिति गठन गरेकाे छ।उक्त कार्यक्रममा एफएअाेका पुर्व एसिया निर्देशक श्याम वहादुर खडका, ईन्जिनियरिङ कलेजका सहायक डिन डा.मधुरा कार्कि,कृषि विज्ञ डा.यज्ञ गजाधर खडका, डा.कमल खडका लगायतका अतिथिहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा पुर्व अध्यक्ष पुष्कर बहादुर खडका तथा डा.कमल खडकालाई सम्मान गरिएकाे थियाे।