ललितपुर -ललितपुर महानगरपालिका वडा नं १३ मा रहेको सुनारटोलमा ०५४ सालमा सुरु भएर ०५६ मा निमार्ण कार्य करिब सम्पन्न भएको मन्दिर अहिले विबादित बनेको छ । २० बर्ष अघि बनेको मन्दिर भत्काउने र जोगाउनेको उक्त लडांईमा बनेको कानुनी मोड लिंदा भत्काउने पक्षको जित भएको छ ।
तत्कालिन अबस्थामा मन्दिरमा छाना लगाउन भनि ललितपुर महानगरपालिका संग रु ४४२०० समेत निकासा समेत भएको देखिन्छ ।यसरी हेर्दा उक्त मन्दिर रहेको जग्गा कसैको पनि नहुने र यदि ब्याक्तीको हुन्थ्यो भने नगरपालिकावाटै कसरी बजेट आयो भन्छन सरोकारवालाहरु।
नागरिक दैनिकले छापेको समाचार अनुसार नक्कली कागजात बनाएर मन्दिरको जग्गा हड्प्दै शिर्षकको उक्त समाचार पछि हामी स्थलगत निरिक्षंण तथा स्थानियवासीहरु संग कुरा गर्न पुगेका थियौं।आवस्यक कागजात हेरे पछि र अदालति प्रकृयामा समेत उक्त मुद्दामा मन्दिर भत्काउने आशयको फैशला भएको देखिन्छ ।शिर्षकमा पर्खाल घेर्ने भनिएको छ भने पर्खालको सट्टा मन्दिर रहेको देखिन्छ। मन्दिर छाडेर पर्खाल कम्पाउण्ड घेर्ने भन्ने आशयको निर्णय भएको देखिदैन ।मन्दिर सार्न र मन्दिरका लागी जग्गा उपलब्ध गराउन अर्को पक्ष सहमत भएको देखिन्छ ।उक्त मुद्दामा पुनरावेदनको म्याद २०७५ ९ २९ सम्म रहेको र पुनरावेदन नभएको देखिन्छ ।
मुद्दामा प्रतिवादीको तर्फवाट निर्णय कार्यन्वयन गराईपाउं भनि महानगरपालिकामा अनिता रिसालले निबेदन समेत दिएको देखिएको छ । यो त भए हालका कार्यहरु र यस बिषयसंग प्रतक्ष सरोकार राख्ने कानुनी बिषयबस्तुहरु।
अब जांउ २०५६ तिरै,तत्कालिन अबस्थामा मन्दिर देखिएको नक्शामा हाल मन्दिर नदेखिनु अर्को तर्फ महानगरपालिकाले अरुको जमिनमा यदि मन्दिर बन्न लागेको थियो भने किन तत्काल रोकिएन ?नगरपालिकाले नै किन छाना तथा ईट्टा को लागी पत्र लेख्यो र बजेट दियो ? प्रमाण हरु झोलामा बोकेर स्थानिय सरोकारवालाहरु हजुर हाम्रो मन्दिर बाचर्यदिन पर्यो भन्दै यताउता भौतारि रहेका छन । तत्कालिन अवस्थामा मन्दिर निर्माणका लागी सांध सिमानाका सबै मिलेर बनाएका थिए। बाटाको छेउमै रहेको मन्दिर अब सारेर ढल माथि राख्न खोजिएको एक स्थानियवासीले बताए।
त्यसबेला सांधमा परेको जमिनका हकदारहरु रामबाबु घतानी ,बलबहादुर घतानीहरुले उक्त कार्यमा स्विकृती दिएका थिए पनि ।भोगचलन गरिआएको जमिन मन्दिर भन्दा पछाडी रहेको र मन्दिरको पछाडीवाट पर्खाल लगाएको तत्कालिन फोटोमा प्रष्ट देखिन्छ। अदालतमा पर्खाल लगाएर कम्पाउड घेर्न भनिएको छ भने उक्त स्थानमा रहेको मन्दिर अहिलेको नक्शामा छैन ।
नागरिक दैनिकका अनुसार कृष्णमायां घतानी र संगीता घतानीले ललितपुर महानगरपालिका १३ का वडाअध्यक्ष गणेश केसीलाई प्रयोग गरी नक्कली कागजात बनाएर सुटुक्क मन्दिर भत्काउन सुरु गरेको उल्लेख छ।
२०५६मा उक्त स्थानमा लगाईएको पर्खाल बाहिर मन्दिर रहेको छ भने हाल उक्त मन्दिर ब्याक्तीको जमिन भित्र परेको देखिन्छ ।
२०५६ साल २ महिना १२ गते ईटा उपलब्ध गराईपांउ भनि उपमहानगरपालिकालाई दिईएको निबेदन,२०५८ साल ५ महिना ६ गते निर्माण भईरहेको जानाकारी निबेदन,समेत सरोकारवालाहरुले देखाएका छन ।
मन्दिर भत्काउने र बचाउने बिचको यो लडांईलाई हाम्रो निरन्तर फ्रलोअप रहिरहने छ र हामी स्थानिय निकाय लगाएतको बिचार समेत समेट्ने छौं।

