काठमाडाैँ । नेपाली आकाशमा छाएकाे बादल अझै तीनसम्म पूर्णतया नहट्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज आइतबारदेखि मंगलबारसम्मै देशैभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशको मध्य तथा पश्चिमको केही भूभागमा विकशित माैसमसम्बन्धी प्रणालीका कारण उपत्यकालगायत देशका धेरै जसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयांगसहित वर्षाले निरन्तरता पाउने देखिएको महाशाखाले जनाएकाे हाे ।
आइतबार देशको पूर्वी, मध्य पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेकाे छ भने राति देशभरि नै आंशिकदेखि सामान्य बदली रहनेछ ।
राति देशको पुर्वी र मध्य भू-भागका थोरै स्थानमा र पश्चिमि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ भने तराईका केही स्थानहरुमा हुरी बतास चल्ने सम्भावना कायमै रहेकाे देखिन्छ ।
यसैगरी साेमबार दिउँसाे देशभरि नै आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना देखिन्छ ।
साेमबार राति देशका पूर्वी भु-भागहरुमा सामान्य बदलि र बांकि भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने र देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा तथा पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाकाे अनुमान छ ।
मंगलबार दिउँसो देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमि भु-भागमा आंशिक बदली रहनेछ भने देशको पूर्वि भू-भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना देखिन्छ। यस दिन पूर्वी तराईका केही स्थानहरुमा हुरीबतास चल्ने सम्भावना पनि छ ।
मंगलबार राति देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ ।
देशको पुर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।