नेपाल सनातन धर्म संस्कृती संगठनले धर्म राजनीतिको लागी संगठन विस्तार कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम अगामी चैत ३ गते शनिबार दिउँसो १२:३० बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बताईएको छ ।
संगठनका प्रमुख पुष्पराज पुरुषले नेपालमा भएको धार्मिक परिवर्तन र संस्कृती विचलनको विरुद्ध संगठन विस्तारको अभियान गर्न लागिएको बताए ।
संगठनले धर्म संस्कृतिको पक्षमा विविध कार्यक्रमहरु गर्दै आएको छ ।
संगठनका प्रमुख पुरुषले बताए अनुसार अब छिट्टै संगठन देश व्यापी रूपमा विस्तार गर्ने जानकारी समेत दिएका छन् ।
कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा लगायत विभिन्न धार्मिक संघसंस्था तथा व्यक्तित्वहरुको उपस्थिति रहने बताईएको छ ।