काठमाडौं । ग्रेटर नेपालका अभियान्ता फणीन्द्र नेपालले ग्रेटर नेपालको मुद्दा जेनेभाको मानव अधिकार परिषदमा उठाएका छन् ।
भारतले सन् १९४७ अगस्त १५ देखि नेपालको करिब ६०,००० वर्ग किलोमिटर जमिन कब्जा गर्दै आएको ज्यादतीका विरोधमा प्रर्दशन हुने भएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको नेतृत्वमा स्विजरल्यान्डको जेनेभास्थित ब्रोकन चेयर भन्ने ठाउँमा भोली अर्थात मार्च १४ तारिख बिहिबारका दिन प्रर्दशन हुन लागेको हो ।
मोर्चाका अध्यक्ष तथा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले जेनेभामा हुने ग्रेटर नेपालको पहिलो र ऐतिहासिक विरोध प्रदर्शनमा सहभागी बन्न यहाँ बस्ने सबै नेपालीलाई आव्हान गरेका छन् । उनले प्रर्दशन मार्च १४ दिउँसो १२: ३० देखि २:०० बजेसम्म हुने जनाए । उनले जेनेभामा बसेका र जेनेभास्थित ब्रोकन चेयरमा आउन सक्ने सबै नेपालीलाई प्रर्दशनका लागि उपस्थित हुन अनुरोध पनि गरेका छन् ।
जेनेभामा जारी मानव अधिकार परिषदको ४० औं सत्रमा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले दिएको सम्बोधन :
India has been violating the basic nerms of human rights, humanity and independence since 1947. Not only that India also has been footing against the UN declarations of decolonization .
As clause 1 and 8 of the Nepal-India Peace and Friendship Treaty nullifies the Sugauli Treaty , all the territory about 60000 sq km has to be returned by colonial India to Nepal . Greater Nepal Nationalist Front always has been raising the voice against Indian illegal occupation of Nepali lands. Not only this , India is consistently encroaching upon Nepal´s lands by removing border pillars deliberately . India has encroached more than 1300 sq km lands of present days Nepal till the date .
A large number of Indian Paramilitary Force has been occupying about 400 sq km in Kalapani area since 1962. Foreign army´s presence in an independent country is a joke to her sovereignty . I request the UNHRC, it is most necessary to take serious note of Nepalese concerns. It is hoped that concrete support and priority will be given to Nepal , to stop India´s expansion of territorial designs .
Phanindra Nepal
chairman , Greater Nepal Nationalist