काठमाडौं । अमेरिकाको वाशिङ्टटन डीसी स्थित नेपालको राजदूतावासले आफ्नो वेब पृष्ठमा नेपालको क्षेत्रफल aproximately १४७००० वर्ग किलोमिटर लेखेको छ ।
नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मि हो तर दूतावासले १८१ वर्ग कि.मि घटाएको छ ।
क्षेत्रफलमा प्रयोग भएको "aproximately" शब्दले "लगभग वा अनुमानित" भने बुझाउछ ।
कुनै पनि देशको क्षेत्रफल लगभग वा अनुमानित भनेर लेखिदैन तर दूतावासले यसरी ठुलो गल्ती गरेको प्रती समाजिक संजाल विरोध शुरु भएको छ ।
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले आफ्नो फेसबुक मार्फत यस तथ्यलाई उजागर गरेका हुन् । नेपालका अनुसार "नेपालको सरकारी तथ्यांक अनुसार सुगौली सन्धिलाई मानेसम्म मेचीदेखि महाकालीसम्मको हाम्रो देशको क्षेत्रफल १४७१८१ वर्ग किलोमिटर हो ।" भनी आपत्ती प्रकट गरेका छन् ।
नेपालले यस बिषयमा परराष्ट्र मन्त्रालय र नापी विभागसँग सोध्ने समेत बताएका छन् ।
वास्तवमा नेपाल एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एसिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।
नेपालको कुल क्षेत्रफल घटाएर राख्नु गम्भीर र राष्ट्रघाती कार्य हो । किन, कसरी र कसले यसरी नेपालको क्षेत्रफल घटायो यस बारे छानबिन र कारबाही आवश्यक छ ।