काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)।को ‘मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु हुन १६ दिन बाँकी रहेको छ ।
राप्रपाले आगामी फागुन १५ गतेबाट पुर्वको ताप्लेजुङबाट राष्ट्रिय स्वाभिमान यात्रा शुरु हुँदैछ ।
राष्ट्रिय स्वाभिमान यात्राको क्रममा सबै नेता कार्यकर्ताले शुद्ध शाकाहारी भोजन खाने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार यात्रा फागुन १५ गते ताप्लेजुङबाट शुरु भई २२६० कि.मिको यात्रा पुरा गरी फागुन ३० गते काठमाडौंमा विशाल सभाका साथ समापन हुने बताए ।
यात्राको क्रममा धार्मिक अनुष्ठान हुने, यात्रामा पर्ने नदि/कुण्डको जल संकलन गर्ने, १०० भन्दा बढी सभा हुने यात्रा र ५००० बढी कलश यात्रा समेत गरिने बताईएको छ ।
धर्मान्तर, देशमा भईरहेको चरम भ्रष्टाचार, अनियमितता, छुवाछूत, महिला हिंसा र बलात्कार लगायतका कारण मुलुकको राष्ट्रिय स्वाभिमान, एकता, संहिष्णुतामा गम्भीर असर गरेका कारण जनतालाई जागरुक गराउन राष्ट्रिय स्वाभिमान यात्रा गर्नुपरेको प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।
यात्रामा दैनिक ३०० देखी ५०० सम्म नेता कार्यकर्ताको सहभागीता हुने बताईएको छ ।