
हिन्दु जागरण नेपालको स्थापना काल देखि नै अत्यन्त सक्रियताको साथमा संगठन बिस्तार गर्दै बिदेशी भूमिमा बसेर सक्रियताको साथ साप्ताहिक स्काईप सत्संग चलाउदै आएको हिन्दु जागरण इजरायलले यहि फागुन ४ गते शुक्रवार तेलअभिवको तखाना मार्कजित तेस्रोतला स्थित एभेरेष्ट क्लबमा सम्पन्न गरेको छ । धर्मद्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप विरुद्द हाम्रो अभियान” भन्ने नाराका साथ इजरायलमा रहेका नेपालीहरुविच नेपालका प्राचिन धर्महरु हिन्दु, वौद्द, किराँत, वोन्पो, लगायका नेपाली माटोका धर्म तथा संस्कृतिहरुको संरक्षण तथा सम्वर्धनको निम्ती लागि पर्दै आइरहेको हिन्दु जागरण नेपाल अभियान इजरायलले आध्यात्मिक प्रवचक भागवत वाचिका राधिका दासीजीको उपस्थितिमा बृहत आध्यात्मिक प्रवचनको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपालीहरुको महान पर्व महा-शिवरात्री तथा श्री स्वस्थानी ब्रतकथा फुलपाती विसर्जनलाई लक्षित गरी गत १६ फेव्रुवरी शुक्रवार तेलअभिवको केन्द्रिय वसपार्कस्थित एउटा हलमा आयोजना गरिएको उक्त आध्यात्मिक प्रवचन कार्यक्रममा नेपालबाट आमन्त्रित प्रखर भागवत वाचिका राधिका दासीजीलाई विशिष्ट अतिथीको आशनग्रहण गराइएको थियो भने हिन्दु जागरण नेपाल अभियान इजरायलका संस्थागत गुरु भिम प्रसाद पौडेललाई गुरुको आशनग्रहण गराइएको थियो । पहिलो चरणमा श्री स्वस्थानी ब्रतकथा फुलपाती विसर्जन पश्चात नेपाली राष्ट्रिय गानको सुमधुर धुनसंगै औपचारिकरुपमा शुरुवात गरिएको कार्यक्रममा कार्यक्रमका संयोजक राम गोपाल भण्डारीको सभापतित्व रहेको थियो । एनआरएनए-एसिसी इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पाको प्रमुख आतिथ्यता , प्रवासी नेपाली नागरिक समाज इजरायलका अध्यक्ष श्री कृष्ण भण्डारीको बिशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा इजरायलमा रहेका विभिन्न सामाजिक संघ संस्थाका शिर्षस्थ व्यक्तित्व तथा प्रतिनिधिहरु, विभिन्न धार्मिंक तथा जातिय संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न अनलाइन वेस न्यूज मिडियाका पत्रकारहरु लगायत उल्लेख्य भक्तजनहरुलाई स्वागत मन्तव्य द्वारा सुमित्रा भण्डारी ज्युले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्नुहुदै प्रमुख अतिथी छिरिङ लामा शेर्पाले एउटा पवित्र उद्देश्य लिएर नेपालबाट आध्यात्म गुरुमाता राधिका दासीजीलाई आमन्त्रण गरी ज्ञानगुनका कुराकानीहरु सुन्ने अवसर प्रदान गरेकोमा हिन्दु जागरण नेपाल अभियान इजरायललाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष शेर्पाले प्रवचनका क्रममा गुरुमाता राधिका दासीजीले उठाउनु भएको पशु हिंसा तथा धर्म परिवर्तनको विषयमाथि जोड दिंदै गुरु माता दासीजीका यस किसिमका सकारात्मक वाणीहरुबाट आफू प्रभावित भएको जनाउनुहुदै गुरुमाता दासीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
नवलपुर जिल्ला समिति पुनर्गठन र बिबिध कार्यक्रम
पश्चिम कमाण्ड यम बहादुर भण्डारी ज्युको आतिथ्यतामा नवलपुर जिल्लामा जिल्ला समिति पुनर्गठन गर्नुको साथ सपना रिजाल ज्युको अध्यक्षता र सक्रियतामा हिन्दू जागरण कावासोती नगरपालिका वडा नम्बर ३ र मध्यबिन्दु नगर पालिका १, कावासोती नगरपालिका ३मा वडा स्तरीय समिति गठन भएको छ । आर्थिक स्थिति कमजोर भयका अर्जुन सुनारको पित्रिशोकमा रु पाचहजार नगद आर्थिक सहयोग प्रदान गरिएको जानकारी प्राप्त भएको छ । होलीको अवसरमा आफ्नो पारम्परिक संस्कृतिको संरक्षणको लागि फागुन १८ गते कावासोती को फूलमून होटेलको हलमा होलि को शुभकामना आदान प्रदान साथै चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
यसै गरि पुर्वान्चलमा हिन्दु जागरण लाइ सक्रिय बनाउनको लागि जिल्ला समिति सुनसरीले सभापति छाविनाथ सुबेदी उद्धव पौडेल र हिजाने सूचना तथा संचार बिभागका सदस्य चित्र कुमार कार्कीज्युको आतिथ्यता साथै पुर्वान्चल संयोजक तथा हिजाने केन्द्रिय उपाध्यक्ष ज्यु द्वारा प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको छ ।

पुर्वान्चललाइ नै धर्म र अध्यात्म मार्गमा अभिप्रेरित गर्ने ऊद्देश्य लिएर हिन्दू जागरण जिल्ला समिति मोरंगले एक घर एक गीताको कार्यक्रम ल्याएको छ र ठाउ-ठाउमा धार्मिक चेतना जगाउनु र धर्मपरिवर्तन गर्नु र गराउनु हुदैन भन्ने भावना प्रकट गराउने खालका कार्यक्रम तयार गरेको जानकारी प्राप्त भएको छ ।
हिन्दु जागरण नेपाल चितवन जिल्ला समितिले चितवनका निरज शर्मा काफ्लेको अध्यक्षतामा चारैक्षेत्रमा समिति गठन गराउने कार्यको घनिभूत छलफलको कार्यक्रम ल्याउनुको साथ नारायणघाट नारायणी नदीको किनारा सरसफाई कार्यक्रम पनि सम्पन्न गरेको छ ।
काभ्रे जिल्लाको बनेपामा नगर समिति र बाँके जिल्लामा समिति बिस्तार भएको जानकारी प्राप्त भएको छ ।
हरेक जिल्ला जिल्लामा हिन्दु जागरणको शाखा बिस्तार गरेर नेपालको मौलिक धर्म संस्कारको संरक्षण र सम्बर्धन सांगठनिक रुपमा गर्न सहज हुनेछ भन्ने बिश्वासको साथ काठमान्डूमा यहि चैत्र १० गते काठमान्डू नगरपालिकाको हरेक वडाको प्रतिनिधित्व हुने गरि भेला गर्ने निर्णय गरेको छ । सो कार्यक्रम सम्पादन गर्न तदर्थ समितिमा संयोजक - बेन्जु सरोज ढुंगेल, सह संयोजक - गणेश के सी र सदस्यहरुमा मिरा राउत, दिपा बस्नेत, मिना कार्की, दया शर्मा , आरति कार्की , सरस्वति कुवर, शारदा चन्द, राधा खतिवडा , मन्दिरा पोख्रेल , अजिता पोख्रेल, रिता बस्नेत , राधा सिंह , मुना तिम्सिना , भारत कार्की , बिपिन कृष्ण भट्टराई , भैरब नाथ खनाल , स्वस्थानी कार्की , रमेश लामा , गणेश प्र दाहाल , बिक्रम कोइराला , शुवास कुमार दवाडी , अम्मर परियार रहनु भएको छ ।

जागरण नेपालदेखि देश बिदेशसम्म बिस्तार हुँदै इजरायलमा सत्संग समारोह हिन्दु जागरण नेपालको स्थापना काल देखि नै अत्यन्त सक्रियताको साथमा संगठन बिस्तार गर्दै बिदेशी भूमिमा बसेर सक्रियताको साथ साप्ताहिक स्काईप सत्संग चलाउदै आएको हिन्दु जागरण इजरायलले यहि फागुन ४ गते शुक्रवार तेलअभिवको तखाना मार्कजित तेस्रोतला स्थित एभेरेष्ट क्लबमा सम्पन्न गरेको छ । धर्मद्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप विरुद्द हाम्रो अभियान” भन्ने नाराका साथ इजरायलमा रहेका नेपालीहरुविच नेपालका प्राचिन धर्महरु हिन्दु, वौद्द, किराँत, वोन्पो, लगायका नेपाली माटोका धर्म तथा संस्कृतिहरुको संरक्षण तथा सम्वर्धनको निम्ती लागि पर्दै आइरहेको हिन्दु जागरण नेपाल अभियान इजरायलले आध्यात्मिक प्रवचक भागवत वाचिका राधिका दासीजीको उपस्थितिमा बृहत आध्यात्मिक प्रवचनको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ । नेपालीहरुको महान पर्व महा-शिवरात्री तथा श्री स्वस्थानी ब्रतकथा फुलपाती विसर्जनलाई लक्षित गरी गत १६ फेव्रुवरी शुक्रवार तेलअभिवको केन्द्रिय वसपार्कस्थित एउटा हलमा आयोजना गरिएको उक्त आध्यात्मिक प्रवचन कार्यक्रममा नेपालबाट आमन्त्रित प्रखर भागवत वाचिका राधिका दासीजीलाई विशिष्ट अतिथीको आशनग्रहण गराइएको थियो भने हिन्दु जागरण नेपाल अभियान इजरायलका संस्थागत गुरु भिम प्रसाद पौडेललाई गुरुको आशनग्रहण गराइएको थियो । पहिलो चरणमा श्री स्वस्थानी ब्रतकथा फुलपाती विसर्जन पश्चात नेपाली राष्ट्रिय गानको सुमधुर धुनसंगै औपचारिकरुपमा शुरुवात गरिएको कार्यक्रममा कार्यक्रमका संयोजक राम गोपाल भण्डारीको सभापतित्व रहेको थियो । एनआरएनए-एसिसी इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पाको प्रमुख आतिथ्यता , प्रवासी नेपाली नागरिक समाज इजरायलका अध्यक्ष श्री कृष्ण भण्डारीको बिशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा इजरायलमा रहेका विभिन्न सामाजिक संघ संस्थाका शिर्षस्थ व्यक्तित्व तथा प्रतिनिधिहरु, विभिन्न धार्मिंक तथा जातिय संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न अनलाइन वेस न्यूज मिडियाका पत्रकारहरु लगायत उल्लेख्य भक्तजनहरुलाई स्वागत मन्तव्य द्वारा सुमित्रा भण्डारी ज्युले स्वागत गर्नु भएको थियो । कार्यक्रममा संक्षिप्त मन्तव्य राख्नुहुदै प्रमुख अतिथी छिरिङ लामा शेर्पाले एउटा पवित्र उद्देश्य लिएर नेपालबाट आध्यात्म गुरुमाता राधिका दासीजीलाई आमन्त्रण गरी ज्ञानगुनका कुराकानीहरु सुन्ने अवसर प्रदान गरेकोमा हिन्दु जागरण नेपाल अभियान इजरायललाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष शेर्पाले प्रवचनका क्रममा गुरुमाता राधिका दासीजीले उठाउनु भएको पशु हिंसा तथा धर्म परिवर्तनको विषयमाथि जोड दिंदै गुरु माता दासीजीका यस किसिमका सकारात्मक वाणीहरुबाट आफू प्रभावित भएको जनाउनुहुदै गुरुमाता दासीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । नवलपुर जिल्ला समिति पुनर्गठन र बिबिध कार्यक्रम पश्चिम कमाण्ड यम बहादुर भण्डारी ज्युको आतिथ्यतामा नवलपुर जिल्लामा जिल्ला समिति पुनर्गठन गर्नुको साथ सपना रिजाल ज्युको अध्यक्षता र सक्रियतामा हिन्दू जागरण कावासोती नगरपालिका वडा नम्बर ३ र मध्यबिन्दु नगर पालिका १, कावासोती नगरपालिका ३मा वडा स्तरीय समिति गठन भएको छ . आर्थिक स्थिति कमजोर भयका अर्जुन सुनारको पित्रिशोकमा रु पाचहजार नगद आर्थिक सहयोग प्रदान गरिएको जानकारी प्राप्त भएको छ । होलीको अवसरमा आफ्नो पारम्परिक संस्कृतिको संरक्षणको लागि फागुन १८ गते कावासोती को फूलमून होटेलको हलमा होलि को शुभकामना आदान प्रदान साथै चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

यसै गरि पुर्वान्चलमा हिन्दु जागरण लाइ सक्रिय बनाउनको लागि जिल्ला समिति सुनसरीले सभापति छाविनाथ सुबेदी उद्धव पौडेल र हिजाने सूचना तथा संचार बिभागका सदस्य चित्र कुमार कार्कीज्युको आतिथ्यता साथै पुर्वान्चल संयोजक तथा हिजाने केन्द्रिय उपाध्यक्ष ज्यु द्वारा प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको छ .
पुर्वान्चललाइ नै धर्म र अध्यात्म मार्गमा अभिप्रेरित गर्ने ऊद्देश्य लिएर हिन्दू जागरण जिल्ला समिति मोरंगले एक घर एक गीताको कार्यक्रम ल्याएको छ र ठाउ-ठाउमा धार्मिक चेतना जगाउनु र धर्मपरिवर्तन गर्नु र गराउनु हुदैन भन्ने भावना प्रकट गराउने खालका कार्यक्रम तयार गरेको जानकारी प्राप्त भएको छ ।