काठमाडौं । पछिल्ला वर्षहरूमा पृथ्वीको तापमान निरन्तर रुपमा वृद्धि हुँदै गएको छ । यो संकटले विश्वका सबै भूभागमा प्रभाव पारेको भए पनि सर्वाधिक असर धार्मिक जडता, सामाजिक कट्टरता र गरिबीले गाँजिएका मुलुकमा परेको छ । विकसित देशहरूले त प्रविधि, पूर्वाधार र चेतनामार्फत गर्मीको व्यवस्थापन गरेका छन् । तर, दक्षिण एसिया—विशेषगरी इन्डिया र पाकिस्तानमा—धार्मिक-सांस्कृतिक बन्धनका कारण महिला तथा किशोरीहरू अत्यधिक प्रभावित भएका छन् । उनीहरूले लगाउनुपर्ने बाक्ला, अपारदर्शी तथा लामो पोशाकले गर्मीको मौसममा श्वास फेर्नसमेत कठिन हुने स्थिति बनाएको छ ।
समाचार एजेन्सीहरूका अनुसार, २०२४ मा मात्रै भारत र पाकिस्तानमा लाखौँ महिला तथा किशोरी गर्मीजन्य रोगबाट ग्रसित भए । यसमध्ये धेरैले ज्यानसमेत गुमाए । विशेषगरी भारतको उत्तर प्रदेश र बिहार, पाकिस्तानको मुल्तान र कराँचीजस्ता ठाउँमा स्थिति गम्भीर रहेको छ । यी क्षेत्रमा हिन्दू र मुस्लिम कट्टरपन्थी समुदायको प्रभाव अत्यधिक छ, जसले महिलाको पोशाकमा कठोर नियन्त्रण राख्छ । बुर्का, सारी, कुर्ता–सुरुवाल वा अन्य लामो–बडो र बाक्ला कपडाको प्रयोगले ती महिलाहरू उच्च तापक्रमको शिकार बन्न बाध्य भएका छन् ।
केही किशोरी र महिलाहरूको मृत्युसम्मको यात्राले यो प्रमाणित गर्छकी करोडौं महिलाहरूको पीडा कति गहिरो छ भन्ने सजीव प्रमाण बनेको छ, जुन विकसित मुलुकका विज्ञहरूले समेत औंल्याएका छन्।
अत्यधिक गर्मी र पोशाकको प्रभाव : कयौँ मृत्यु, लाखौँ बिरामी
टाइम्सअफ इन्डियाको जून २०२४ को एक रिपोर्ट अनुसार, उत्तर प्रदेशमा मात्र ४० हजारभन्दा बढी महिला तथा किशोरी हिट स्ट्रोकका कारण अस्पताल भर्ना भएका थिए । राज्यका स्वास्थ्य अधिकारीहरूले यस वर्ष यो संख्या झनै बढ्ने अनुमान गरेका छन् । बिहार र राजस्थानमा समेत यस्तै अवस्था रहेको छ । जून महिनाको अन्तिम साता मात्र, उत्तर प्रदेशमा ३६ जना, बिहारमा १७ जना र राजस्थानमा १६ जना किशोरीहरूले एकैदिन गर्मीका कारण ज्यान गुमाएको विवरण द फाइनान्सियल एक्सप्रेस र फर्स्टपोस्ट मा छ ।
पाकिस्तानमा पनि स्थिति भयावह छ । एम्नेस्टी इन्टरनेशनल को प्रतिवेदन अनुसार, कराँची, मुल्तान लगायतका क्षेत्रमा २०२४ को एक साताभित्र ५६८ जना महिला र किशोरीले गर्मीका कारण ज्यान गुमाएका छन् । तीमध्ये अधिकांशले लामो, बाक्लो र गाढा रंगका पोशाक लगाएका थिए, जसले तातो हावा र घामलाई झनै सोस्ने काम गर्छ ।
धार्मिकता र संस्कृति विरुद्ध स्वास्थ्य विज्ञानको चेतावनी
पोशाकविद र वातावरणविज्ञहरूले दक्षिण एसियाको धार्मिक–सांस्कृतिक संरचनामा आधारित पोशाक प्रणालीलाई महिला स्वास्थ्यका लागि गम्भीर खतरा मानेका छन् । पोल्यान्डका प्रसिद्ध पोशाकविद फिलिप आडम, जो विगत १५ वर्षदेखि विश्वभरका पोशाक र त्यसको स्वास्थ्य प्रभावमाथि अनुसन्धान गरिरहेका छन्, भन्छन्, "महिलाका लागि दक्षिण एसियाली परिधान गर्मी मौसममा घातक हुन्छन् । शरीरले हावापानीको प्राकृतिक सम्पर्क खोज्छ, तर यी मुलुकका महिलाहरूलाई पोशाकले घेरिएको छ, जसले उनीहरूको शरीरमा अत्यधिक ताप पैदा गर्छ ।"
उनका अनुसार, युरोप, अमेरिका र अष्ट्रेलियाजस्ता मुलुकका महिलाहरू गर्मी मौसममा शरीरलाई खुला राख्ने हल्का, पारदर्शी तथा स्वास्थ्यमैत्री पोशाक प्रयोग गर्छन् । ती देशका महिलाहरू समुद्र किनार, वन क्षेत्रमा स्वाभाविक रूपमा नाङ्गिनेसम्मको स्वतन्त्रता प्रयोग गर्छन्, जसले शरीरलाई खुला राख्न सहयोग गर्छ । उनले भने, "कपडाले शरीरलाई छोप्दा प्राकृतिक श्वास-प्रश्वास प्रणालीमा बाधा पर्छ, जसले गर्मीका समयमा विभिन्न छाला तथा आन्तरिक रोग उत्पन्न गर्छ ।"
लिङ्गीय भेदभाव र सामाजिक निराशा : महिलालाई मात्र पीडा
पुरुषहरूलाई गर्मीमा हाफपाइन्ट, स्यान्डो, टिसर्ट लगायत पातलो कपडामा चल्न छुट छ । उनीहरू खोला किनार, पार्क वा चिसो ठाउँमा स्वतन्त्र रूपमा घुम्न सक्छन् । तर महिलाहरू त्यस्तो स्वतन्त्रता र सहजताबाट वञ्चित छन् । भारतीय समाजमा महिलालाई सारी वा सलवार–कुर्तामा मात्र स्वीकार गरिन्छ । पाकिस्तानमा बुर्काबाहेक अन्य पोशाकलाई नै पापको रूपमा हेर्ने सोच हाबी छ ।
अर्का अनुसन्धानकर्ता माइकल टुडोका अनुसार, "गर्मीको कारण मृत्यु हुने वा दीर्घकालीन असर पर्नेहरूमा महिला र किशोरी नै बढी छन् । उनीहरूलाई न पोशाक बदल्न छुट छ, न खुला ठाउँमा जान स्वतन्त्रता । यो सामाजिक संरचनाको चरम विडम्बना हो ।"
बढ्दो पलायन र अवसाद : शिक्षित महिला देश छोड्न बाध्य
यस समस्याको अर्को गम्भीर पक्ष शिक्षित युवतीहरूमा देखिएको छ । भारतमा धेरै शिक्षित महिला र युवतीहरू इण्डिया छाडेर तेस्रो मुलुक जान थालेका छन् । उनीहरू भन्छन्—"यहाँ हामीलाई खुला सास फेर्ने पनि अधिकार छैन । हाम्रा पोशाकमाथि समाजको नियन्त्रण छ, जसले हाम्रो स्वास्थ्य मात्र होइन, आत्मसम्मान पनि मारेको छ ।" तर, जो विदेश जान सक्दैनन्, उनीहरू स्थानीयता, परम्परा र बाध्यताको घेराभित्र घुटिरहेका छन् । गर्मीमा घर बाहिर निस्कन नपाउने, विद्यालय वा अफिस गइरहँदा पनि बाक्ला कपडाको बाध्यता, अनि त्यसबाट हुने नशा चढ्ने, लु र हिट स्ट्रोकका समस्याले जीवनमै असर पारिरहेको उनीहरूको कथन छ ।
स्वास्थ्य चेतना नभएसम्म संकट टर्ने सम्भावना छैन
मौसमविज्ञहरू भन्छन्, "यदि गर्मी मौसममा पारदर्शी, चिसो र सन्तुलित पोशाक प्रयोग गरिएन भने शरीरको ताप नियन्त्रण गर्न नसकिने हुन्छ । सास फेर्ने छालामा तातो थुनिन्छ र अन्ततः मानिस हिट स्ट्रोकको सिकार हुन्छ । दक्षिण एसियाका ग्रामीण तथा धार्मिक समाजमा यो चेतना अत्यन्त न्यून छ ।"
पोशाकविद फिलिप आडमको चेतावनी अझै स्पष्ट छ—"यदि महिलालाई स्वास्थ्यअनुकूल पोशाक प्रयोग गर्ने स्वतन्त्रता दिइएन भने, दक्षिण एसियामा गर्मीका कारण मृत्यु र रोगको संख्या exponentially बढ्नेछ । यो केवल मौसमको प्रश्न होइन, यो मानवअधिकार, स्वास्थ्य र लिङ्ग स्वतन्त्रताको सवाल हो ।"
गर्मी कुनै धर्म र राष्ट्रले छुट्याउने विषय होइन । तर, दक्षिण एसियामा धार्मिक कट्टरता र लिङ्गीय विभेदको परिणामस्वरूप महिलाले गर्मीको जस्तो प्राकृतिक संकटसमेत झन् पीडादायक रूपमा झेल्नुपरेको छ । यदि तत्काल पोशाकमाथिको सामाजिक नियन्त्रण, धर्म र परम्परा प्रश्न गर्ने हिम्मत नउठाइयो भने, हरेक वर्ष हजारौं महिलाहरू गर्मीको तापमा झोसिनेछन् ।
सन २०२५ को अन्त्यसम्म पुग्दा गर्मीका कारण भारत र पाकिस्तानमा महिलाहरूका लागि अवस्था झनै कष्टकर हुने संकेत देखिएको छ । मौसमविद र स्वास्थ्य विज्ञहरूका अनुसार, यो वर्ष विश्वभर तापमान तीव्र गतिमा बढिरहेको छ । दक्षिण एसियामा गर्मी नयाँ कुरा होइन, तर पछिल्लो केही वर्षमा देखिएको लहर अत्यन्तै घातक हुँदै गएको छ । यो संकटमा सबैभन्दा बढी प्रताडित हुने समूह महिला, किशोरी र गर्भवतीहरू हुन्, विशेष गरी भारत र पाकिस्तानजस्ता धार्मिक कट्टरता विद्यमान मुलुकमा ।
वातावरण विज्ञहरूले बताउँछन्, गर्मीका समयमा शरीरले राहत महसुस गर्नका लागि प्राकृतिक वातावरणको सम्पर्क आवश्यक पर्छ—जस्तै झरना, खोला, नदी, समुन्द्र, हिमाल, डाँडाकाँडा वा खुल्ला स्थानमा जानु, हावापानीसँग प्रत्यक्ष सम्पर्क गर्नु । यस्ता अवसरबाट शरीरले प्राकृतिक तत्वहरू प्राप्त गर्छ र ताप नियन्त्रणमा राख्न सहयोग पुग्छ । पश्चिमा मुलुकहरूमा महिलाहरूले समुद्रकिनार, पार्क वा खुला स्थानमा स्वतन्त्र आवागमन गर्न पाउँछन्, त्यहाँ हल्का, पारदर्शी, छोटा र स्वच्छ कपडा प्रयोग गर्ने छुट हुन्छ । त्यसैले त्यहाँका महिलाहरू गर्मीबाट कम पीडित र तुलनात्मक रूपमा स्वास्थ्य अवस्थामा राम्रा हुन्छन् ।
तर, भारत, पाकिस्तानजस्ता देशमा धार्मिक कट्टरता, सामाजिक संरचना र लिङ्गीय विभेदका कारण महिलाहरू यस्तो सुविधा वा स्वतन्त्रता प्रयोग गर्नबाट वञ्चित छन् । पोशाकमा थोपिएको सामाजिक नियन्त्रण, बुर्का, सारी, कुर्ताजस्ता बाक्ला र लामो कपडाको अनिवार्यता, खुला स्थानमा घुम्न निषेध, र पुरुषद्वारा निर्देशित सामाजिक निगरानीले गर्दा महिलाहरू गर्मी मौसममा झन् पीडित भइरहेका छन् ।
–एजेन्सी