काठमाडौँ । जापानको तुलनामा इन्डिया ठूलो अर्थतन्त्र भएको भनी इन्डियन मिडियाले फैलाएको खबर झूठो प्रमाणित भएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले यस्ता कुनै विवरण सार्वजनिक गरेको छैन, र हालसम्म इन्डियाले जापानलाई अर्थतन्त्रमा उछिनेको पुष्टि गर्ने कुनै तथ्यांक उपलब्ध छैन।
बरु, सन् २०१४ पछि इन्डियामा बेरोजगारीको दरमा ५०० प्रतिशत वृद्धि भएको छ भने सडकमा भिखारीको सङ्ख्या २०० प्रतिशतले बढेको देखिएको छ।
इन्डियाका मुख्यधारका मिडिया अहिले सत्तारुढ इन्डियन जनता पार्टी (भाजपा) को हिन्दुत्ववादी एजेन्डाबाट प्रभावित छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक अतिवादलाई समर्थन गर्ने उद्देश्यले यस्ता मिडियाहरूले अतिरञ्जित र भ्रामक समाचारहरू विश्वभर फैलाइरहेका छन्।
यस सन्दर्भमा विश्वका प्रतिष्ठित मिडियाहरूले इन्डियन समाचारहरूलाई विभिन्न स्रोतबाट क्रसचेक गरेर मात्र प्रयोग गर्नुपर्ने चेतावनी दिएका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकलाई उद्घृत गर्दै इन्डियाको नीति आयोगले दिएको जानकारी नै शतप्रतिशत गलत सावित भएको छ ।
आयोगमा प्रमुख कार्यकारी अधिकृत बीभीआर शुभ्रमन्यमले इन्डियाको अर्थतन्त्र ४ ट्रिलियन अमेरिकी डलर नाघेको गलत सूचना सार्वजनिक गरेका थिए ।
उनले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र क्रमशः अमेरिका, चीन र जर्मनीको रहेको छ । चौथोमा इन्डिया आएको छ । यसअघि चौथो स्थानमा रहेको जापान पाँचौं स्थानमा झरेको छ भन्ने विवरण सार्वजनिक गरेपछि यसको बारेमा विश्वभर चर्चा सुरु भएको थियो ।
त्यसपछि इन्डियाकै वरिष्ठ पत्रकार रवीश कुमारले आईएमएफकै तथ्यांक र प्राप्त विवरणहरुलाई आधार बनाएर महत्वपूर्ण रिपोर्ट तयार गरेपछि वास्तविकता बाहिर आएको हो ।
रिपोर्ट अनुसार, अहिलेसम्म अन्तर्राष्ट्रिय मुद्रा कोषले इन्डियालाई बलियो अर्थतन्त्रमा राखेको छैन ।
इन्डियाको जनसंख्या विश्वमै पहिलो भएकोले हरेक वस्तुको खपत पनि धेरै परिणाममा हुन सक्ने तर जीवनस्तरमा कुनै सुधार नदेखिएका विवरणहरु सार्वजनिक भएका छन् ।
नीतिगत विचार मञ्चको १० औँ शासकीय परिषद् बैठकपछि बोल्दै शुभ्रमन्यमले इन्डियाको अर्थतन्त्र वृद्धिलाई घरेलु सुधार र विश्वव्यापी वातावरणको संयोजनको उपज भएको बताएका विषयलाई पनि विश्वका इकोनोमिक्स अनलाइनहरुले खण्डन गरेका छन् ।
आईएमएफको तथ्यांक अनुसार अमेरिकाको अर्थतन्त्र अहिले ३०.५०७ ट्रिलियन अमेरिकी डलरको छ । त्यस्तै, चीनको १९.२३१ ट्रिलियन रहँदा जर्मनीको ४.७४४ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र पुगेको छ । जापानको ४.१८६ ट्रिलियन डलरको अर्थतन्त्र रहेको छ । त्यसपछि क्रमशः बेलायत, फ्रान्स र इटाली रहेका छन् ।
IMF तथ्यांक के भन्छ?
अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) वा विश्व बैंकले हालसम्म इन्डियाले जापानको कुल गार्हस्थ उत्पादन (GDP) उछिनेको स्पष्ट घोषणा गरेका छैनन्।
जापानको अर्थतन्त्र अझै पनि प्राविधिक नवप्रवर्तन, औद्योगिक उत्पादन र क्रयशक्ति समायोजित आम्दानी (PPP) मा बलियो छ।
इन्डियाको GDP ठूलो भए पनि जनसंख्या अत्यधिक भएकाले प्रतिव्यक्ति आम्दानी जापानको तुलनामा निकै कम छ।
GDP मात्र हेरेर कुनै अर्थतन्त्र “ठूलो” भयो भन्न मिल्दैन। आर्थिक विकासको गुणस्तर, जनसंख्याको जीवनस्तर, र सामाजिक संरचना समेतले ठूलो भूमिका खेल्दछ।
इन्डियामा मुख्यधारका मिडियाहरू (विशेष गरी टेलिभिजन र डिजिटल प्लेटफर्म) मा सत्तारूढ दल भाजपा र प्रधानमन्त्री मोदीको प्रभाव अत्यधिक देखिन्छ।
यथार्थ के हो?
धार्मिक अतिवाद र राष्ट्रवादलाई जोड दिँदै मोदी नेतृत्वले जनसमर्थन कायम राख्ने रणनीति बनाएको छ। यसले तथ्यभन्दा भावनामा आधारित खबरलाई प्राथमिकता दिएको देखिन्छ। आलोचनात्मक वा सरकारविरोधी पत्रकारिता घट्दै गएको छ, जसले मिडिया स्वायत्तता लाई खतरामा पारेको छ।
अन्तर्राष्ट्रिय दृष्टिकोण:
बीबीसी, अलजजिरा, द गार्जियन लगायतका प्रतिष्ठित मिडियाले भारतका दाबीहरूप्रति शंका व्यक्त गरेका छन्। इन्डियन समाचारलाई क्रसचेक नगरी विश्वसनीय मान्न नहुने चेतावनी दिइएको छ।
सन् २०१४ पछि इन्डियामा बेरोजगारीको स्तर र सडकमा भिखारीको संख्या उल्लेख्य रूपमा बढेको भनिएको छ। बेरोजगारी दर बढ्नुले आर्थिक असमानता गहिरिएको सङ्केत दिन्छ।
भिखारीको संख्या बढ्नु सामाजिक सुरक्षाको कमजोरी, शहरी गरीबको संकट र ग्रामीण विस्थापनलाई देखाउँछ। एकातिर “विश्वगुरु” बन्ने दाबी, अर्कोतिर जनताको आधारभूत अवस्था कमजोर हुनु गम्भीर विरोधाभास हो।
यसले देखाउँछ कि अर्थतन्त्रको आकार मात्र हैन, त्यसको गुणस्तर पनि हेर्न जरूरी हुन्छ। इन्डियाले जापानभन्दा ठूलो अर्थतन्त्र भएको दाबी राजनीतिक प्रचार र राष्ट्रवादी भावना बढाउने उद्देश्यले गरिएको देखिन्छ, जुन तथ्यभन्दा भावनामा आधारित छ।
वास्तविकता केलाउँदा इन्डियामा सामाजिक विषमता, बेरोजगारी, र सूचनाको नियन्त्रण झनै बढ्दो अवस्थामा छ, जसले दीर्घकालीन रूपमा लोकतन्त्र र आर्थिक स्थायित्वमा असर पार्न सक्छ।
–एजेन्सीमा आधारित