काठमाडौँ । इन्डियन सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ ।
पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् ।
इन्डियाले कश्मीर घटना छानविन गर्न नमानिरहेको र यसले कतै इन्डियन आतंकवादबाट नै उक्त घटना भएको त होइन भन्ने शंकाहरु विभिन्न देशहरुले सार्वजनिक गरिरहेका छन् ।
यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध इन्डियाले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको छ।
दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको बताएका छन्।
उनले इन्डिया र पाकिस्तान दुवैलाई ‘शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न’ आग्रह गरेका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता भन्छन्–
चीनले इन्डियाको आज बिहानको सैन्य कारबाहीलाई खेदजनक मानेको छ। चीन हालको परिस्थितिप्रति चिन्तित छ। इन्डिया र पाकिस्तान एक–अर्काका छिमेकी हुन् र सधैं रहिरहनेछन्।
ती दुवै चीनका पनि छिमेकी मुलुकहरू हुन्। चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गर्छौं।
कश्मीर घटना निष्पक्ष छानविनहोस र नागरिकलाई शान्तसँग बाँच्न दिइयोस ।
बुधबार रातिदेखि भएको इन्डियन हमलामा सामान्य नागरिक मारिएका छन् । जवाफी कारवाहीमा पाकिस्तानले इन्डियाका पाँचवटा फाइटर विमान खसालिदिएको छ । अहिले इन्डियन सेना हार मानेर पछाडी हटिरहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
एजेन्सी