काठमाडौँ । इन्डियाले पाकिस्तानसँग आयात–निर्यात बन्द गरेपछि दक्षिण एसियाका अन्य मुलुकहरुले थप बजार पाउने भएको छ ।
इन्डियन निर्यात कर्पोरेसन अन्तर्गतका नीजि कम्पनीहरुका अनुसार, इन्डियाबाट पाकिस्तानतर्फ ठुलो परिणाममा खाद्यान्न निर्यात हुने गरेकोमा हाल त्यो बन्द छ । जस्का कारण व्यापारीहरुले दक्षिण एसियाका बंगलादेश, श्रीलंका, नेपाल लगायतका देशमा निर्यात बढाउन थालेका छन् ।
यसले यी मुुलुकमा खाद्यान्नको मूल्यमा गिरावट हुने इन्डियन अर्थविद्हरुले औंल्याएका छन् । अत्यधिक प्रतिश्पर्धा र बजार खपतलाई ध्यानमा राखेर खाद्यान्नको मूल्य सस्तो हुन सक्ने ती जानकारहरुले जनाएका छन् ।
अन्य सामग्री जस्तो खाद्यान्न लामो समय भण्डारण गर्न नमिल्ने भएकोले गतिशील बजार प्रर्वधन गर्न मूल्यमा हेरफेर हुन सक्ने ठुला थोक व्यापारीहरुले जानकारी दिए । उनीहरु भन्छन्,‘मूल्य घटाएर भएपनि हामीले इन्डियामा उत्पादन भएको खाद्यान्नलाई थप बजारीकरण गर्नेछौं ।’
इन्डियाबाट उत्पादित खाद्यान्नको ठुलो परिणाम दक्षिण एसिया बाहेक अफ्रिका, युरोप, दक्षिण अमेरिका र पूर्वी एसियाका मुलुकहरुमा निर्यात हुने गरेको छ ।
अहिले इन्डिया र पाकिस्तानबीच युद्ध चर्किएकोले सबै सम्बन्धहरु बिच्छेद भएका छन् । युद्धका कारण ठुला व्यापारीहरुले बजार क्षेत्र परिवर्तन गर्न एसियाकै विभिन्न क्षेत्रमा बजारीकरण विस्तार सुरु गरेका छन् ।