काठमाडौँ । पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए)ले देशभरका सबै एफएम रेडियो स्टेशनहरूमा तत्काल लागू हुने गरी इन्डियन भाषा (हिन्दी, भोजपुरी, मैथिली, मराठी) गीतहरू बजाउन बन्द गर्ने घोषणा गरेको छ । पीबीएका महासचिव शकील मसूदले यो निर्णयको पुष्टि गरेको भन्दै पीटीआईले समाचार छापेको छ ।
पाकिस्तानका सूचना मन्त्री अता तरारले यो कदमको प्रशंसा गर्दै यसलाई एकताको बलियो सन्देश बताए । ‘पीबीएको यो देशभक्तिपूर्ण कदम प्रशंसनीय छ । यसले सम्पूर्ण राष्ट्रको भावनालाई प्रतिबिम्बित गर्दछ । कठिन समयमा राष्ट्रिय एकता र मूल्यमान्यताहरूलाई प्रवद्र्धन गर्न हामी सबै एकजुट छौँ ।’ उनले भने ।
यो निर्णय इन्डियाले चालेको एउटा ठुलो कदमको केही दिनपछि आएको हो। कश्मीर पहलगाम आक्रमणपछि इन्डियाले कूटनीतिक स्तरमा मात्र नभई मिडिया क्षेत्रमा पनि द्रुत कारबाही गरेको थियो ।
इन्डियन सरकारले डन न्युज, समा टिभी, एआरवाई न्युज र जियो न्युज जस्ता ठुला नामहरू सहित १६ पाकिस्तानी युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको थियो ।
बदलामा पाकिस्तानले सबै खाले इन्डियन गीतहरु बन्द गरेको छ ।
दुई वर्षअघि माल्दिभ्सले इन्डिया आउट अभियान चलाएको थियो । दक्षिण एसियाका भुटान, श्रीलंका, माल्दिभ्समा धेरै प्रकारका इन्डियन गीतहरुको प्रशारण हुँदैन । तुलनात्मक रुपमा यी देशहरु अहिले पर्यटन विकासमा निकै अब्बल रहेका छन् । सन २०२३ मा पनि बंगलादेशका शिक्षित युवाहरुले पनि ढाकाका सडकमा ‘इन्डिया भगाओ’ नारा लगाएका थिए ।
कश्मीर घटनाको पाकिस्तानले निष्पक्ष छानविनका लागि अन्तराष्ट्रिय समुदाय सहभागी हुनुपर्नेमा जोड दिइरहेको छ । तर, इन्डिया सरकार छानविन गर्न मानेको छैन ।
इन्डियाले अन्तराष्ट्रिय मानवअधिकारवादी समुदाय सहभागी गराएर किन छानविन गर्न मानिरहेको छैन, जानकारहरुले आश्चार्य व्यक्त गरिरहेका छन् ।
सन २०१४ पछि इन्डियामा डेढ दर्जन भन्दाबढी विभिन्न धार्मिक आतंकवाद र विद्रोह समुहहरु सक्रिय रहँदै आएका छन् ।
एजेन्सी