काठमाडौँ । इन्डियन प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकालाई खुशी बनाउन डोनाल्ड ट्रम्प राष्ट्रपतिको कुर्सीमा बस्ने बित्तिकै भेट्न वासिंटन डिसी पुगेका थिए । तर, ट्रम्पले इन्डियालाई शंकाको घेरामा राखिरहेका थिए ।
मोदीको भेट लगत्तै ट्रम्पले अमेरिकामा अवैध बस्ने इन्डियनलाई फिर्ता पठाइदिए । त्यो पनि हातमा हत्कडी र खुट्टामा नेल लगाएर । मोदीको चाकडी त्यतिबेला नै मिथ्या भइसकेको थियो ।
झन बुधबार कंग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्दै ट्रम्पले भने,‘इन्डियासँग अमेरिकाको सम्बन्ध न्याय संगत छैन ।’ हामी अब इन्डियालाई रेसिप्रोकल टैरिफ लगाउनेछौं, यही अप्रिल २ देखि, ट्रम्पले भनेका छन् । अप्रिल १ मा लागु भएको निर्णयमा विश्वास नहोला, त्यसैले २ तारिखबाट इन्डियाका उत्पादनलाई उच्च शुल्क लगाउने ट्रम्पले घोषणा गरे ।
सम्बोधनका क्रममा ट्रम्पले इन्डिया, चीन, ब्राजिलको आलोचना गरेका थिए । तर, पाकिस्तानको भने प्रशंसा गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा भने,‘पाकिस्तानको टैरिफ बढाउने छैनौं ।’ ट्रम्पको यो घोषणाले पाकिस्तान उत्साहित बनेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ट्रम्पको उक्त निर्णयलाई धन्यवाद दिएका छन् ।
ट्रम्पले पछिल्लो पटक यूएसएड लगायतका सहयोग रोक्का गर्दा इन्डियामा बिजेपी लगायतका हिन्दुवादी दलहरु खुशी भएका थिए ।
तर, ट्रम्पले बिजेपी नेतृत्वकै सरकारलाई अफ्ठरो हुनेगरि सामानहरुमा उच्च शुल्क लगाउने (सकभर इन्डिया सामान रोक्ने) निर्णय गरेपछि बल्ल बिजेपी सरकार होसमा आउन थालेको छ ।
अमेरिकामा ट्रम्पको एकपछि अर्को खतरनाक निर्णयले एसियाका इन्डिया र चीन तनावमा परेका छन् ।
(यसको सम्पूर्ण खबर बिबिसी हिन्दीबाट अमेरिकाको इन्डियालाई चेतावनी हामीले साभार गरेका हौं । सम्पादक ।)