काठमाडौँ । अहिले भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । प्रणय दिवस वा प्रेम दिवस १४ फेब्रुअरीमा मनाइन्छ । खासगरि, विश्वभर यो दिवस धुमधामले मनाउने प्रचलन छ ।
अफगानिस्तान र केही इन्डियन भूभाग वाहेक विश्वभर मनाइने भ्यालेन्टाइन पर्वले एकअर्काको वैमनस्यता तोडेर प्रेममा बदलेको पाइन्छ ।
भ्यालेन्टाइन हप्ताको पहिलो दिन रोज डे मनाइन्छ । रोज डे हरेक वर्ष फेब्रुअरी ७ मा हो । नेपालमा हिजो अर्थात शुक्रबार रोज डे हो ।
जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ ।
आज शनिबार, प्रेमको प्रस्ताव राख्नेदिन । यसदिन आँफुले मन पराएकालाई प्रेमको प्रस्ताव राखिन्छ । स्वीकृत नभएपनि त्यो प्रस्ताव आत्मीय मित्रको रुपमा रुपान्तरण हुनेछ । जुन मित्रता जीवनभर दिगो रहन्छ ।
आफ्ना प्रियजनहरूलाई गुलाब दिएर आफ्नो माया, मित्रता र भावनाहरू व्यक्त गर्ने गरिन्छ । गुलाबलाई प्रेम र सौन्दर्यको प्रतीक मानिन्छ र विभिन्न रङ्गका गुलाबहरूले फरक–फरक भावनाहरू दर्शाउँछ ।
विशेष गरी ती व्यक्तिहरूको लागि महत्त्वपूर्ण हुन्छ, जसले आफ्नो मायाको प्रस्ताव गर्न चाहन्छन् ।
आफ्नो क्रश वा साथीलाई पहिलो पटक आफ्नो मायाको प्रस्ताव गर्न गुलाबको फूल दिन सकिन्छ । तर हरेक सम्बन्ध र भावनाको अभिव्यक्तिको लागि फरक–फरक रङ्गका फूलहरू हुन्छन् ।
गुलाबका रङ्ग र अर्थ
रातो गुलाब
रातो गुलाबलाई माया र रोमान्सको प्रतीक मानिन्छ । जब तपाईं कसैलाई रातो गुलाब दिनुहुन्छ, यसको अर्थ हुन्छ कि उप्रति प्रेम, रोमान्स र उसलाई पाउने जोश छ । रातो गुलाब प्रेमी वा प्रेमीका, जीवनसाथी वा जसलाई तपाईं साँचो मायाको प्रस्ताव गर्न चाहनुहुन्छ उनीहरूलाई दिन सक्नुहुन्छ।
सुन्तला रङ्गको गुलाब
सुन्तला रङ्गको गुलाब उत्साह र नयाँ सुरुवातको प्रतीक हो । यसको अर्थ जोश, उत्साह, आकर्षण हो । यदि तपाईं कसैप्रति आकर्षित हुनुहुन्छ र आफ्नो सम्बन्धलाई अघि बढाउन चाहनुहुन्छ भने सुन्तला रङ्गको गुलाब दिन सक्नुहुन्छ ।
पहेँलो गुलाब
पहेँलो गुलाब मित्रता र खुसीको प्रतीक हो । यसले मित्रता, खुसी, सकारात्मकता र नयाँ ऊर्जालाई दर्शाउँछ । रोज डेमा आफ्ना साथीहरू, परिवारका सदस्यहरू वा कसैलाई जससँग तपाईं आफ्नो मित्रता वा स्नेह देखाउन चाहनुहुन्छ, उनीहरूलाई पहेँलो गुलाब दिन सक्नुहुन्छ ।
गुलाबी रङ्गको गुलाब
गुलाबी रङ्गको गुलाब सम्मान र कृतज्ञताको प्रतीक हो । गुलाबी रङ्गको गुलाबको अर्थ कोमलता, मिठास, कृतज्ञता र प्रशंसा हो । रोज डेमा तपाईंले गुलाबी रङ्गको गुलाब आमा–बुवा, शिक्षक, वरिष्ठजनहरू वा कसैलाई जसलाई तपाईं सम्मान गर्न चाहनुहुन्छ, उनीहरूलाई दिन सक्नुहुन्छ ।
सेतो गुलाब
सेतो रङ्ग शान्ति, शुद्धता र नयाँ सुरुवातको प्रतीक हो । विवाह, आध्यात्मिक अवसरहरूमा सेतो गुलाब दिन सकिन्छ । यसबाहेक यदि कसैसँग कुराकानी बन्द छ वा रिसिइबी छ भने उनीहरूलाई सेतो गुलाब दिएर आफ्नो बिचको विवादलाई समाप्त गर्ने प्रयास गर्न सकिन्छ ।
वैमनस्यता तोड्ने, प्रेम जोड्ने भ्यालेन्टाइन
न कुनै जात, न धर्म, न समुदाय, न धनी, न गरीब, न कुनै रंग । सबैले मनाउने एक मात्र प्रेमको पर्व हो भ्यालेन्टाइन ।
प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन । खास गरी युवायुवतीहरूले एक अर्काबीच अव्यक्त प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा लिइन्छ यो दिनलाई ।
प्रेम दिवसलाई एक प्रकारको प्रेम सप्ताहकै रूपमा पनि मनाउने चलन छ ।
प्रेम प्रेमिकाको लागि विशेष दिन साँच्चिकै महान् दिन हुँदो रहेछ । माया, सद्भाव, उत्सव र प्रेम व्यक्त गर्ने शैलीले प्रेम प्रेमिकाहरू भावुक हुन्छन् ।
विश्वभर मनाइने प्रेम दिवस विभिन्न उपहार, कार्ड, फुल तथा अन्य प्रेमका प्रतीकहरू दिएर एकअर्काबीच प्रेम साटासाट गरिन्छ ।
आधुनिकतामा लम्किरहेका युवायुवतीहरू प्रेम दिवसको अवसरमा आफ्नो प्रियलाई शुभकामनाका साथै उपहार दिएर यो दिनलाई सार्थक पार्छन् ।
यस दिन विशेष गरी गिफ्ट पसलहरूमा युवायुवतीहरूले जोडी अंकित मूर्ति, चकलेट, फुल तथा मायाको प्रतीक जनाउने गिफ्ट खरिद गर्नेहरूको भीड हुन्छ । प्रेम दिवसको अवसरमा करोडौँको व्यापार हुने गर्दछ ।
यस अवसरमा विभिन्न उपहार कार्डसहित विशेष रूपमा रातो गुलाफको फुल दिने चलन छ । किनकि रातो गुलाफलाई प्रेम र क्षमताको प्रतीकको रूपमा मानिन्छ । यस दिवसको दिन किनेर दिएको गुलाफको फुल भन्दा आफैले टिपेर वा चोरेर दिएको गुलाफको फुलको विशेष महत्त्व राख्दछ भन्ने भनाइ पनि छ । तर यस्तो मान्यताले गलत कामलाई बढावा दिन्छ ।
हुन त प्रेम कुनै विशेष जात, धर्म, उमेर, समुदाय र वर्गमा आधारित नहुने हुँदा प्रेमको महत्त्व सबैमा उत्तिकै रहेको पाइन्छ । प्रेम दिवसलाई अझै उल्लासमय र प्रेममय दिन बनाउन अहिले सामाजिक सञ्जालको पनि ठुलो भूमिका छ ।
सप्ताहकै रूपमा भ्यालेन्टाइन
भ्यालेन्टाइन डे लाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ । जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ ।
यस दिनमा युवायुवतीहरू एकान्त ठाउँ, पार्क तथा विभिन्न स्थानमा डेटिङ जाने गर्छन् । प्रेम दिवस विशेष गरी ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढी लोकप्रिय छ ।
भ्यालेन्टाइन डे को इतिहास
संसारभर लोकप्रिय भ्यालेन्टाइन डे को इतिहास रोचक छ । यसको इतिहास एक महान् प्रेमीको वलिदानसँग जोडिएको छ । तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डे को खास अर्थ फर्केर हेर्दा पादरी सेन्ट भन्यालेन्टाइनको वलिदानी जोडिएको छ ।
तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए ।
तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानव धर्मविरुद्ध भएको ठान्दथे । त्यसपछि भ्यालेन्टाइनले सम्राटको आदेश विपरित लुकिछिपी विभिन्न जोडीहरूको बिहे गराइदिन थाले ।
पादरीले बिहे गराइ दिएको खबर एक कान दुई कान मैदान हुँदै सम्राटसम्म आइपुग्यो । र, सम्राटको आदेशमा भ्यालेनटाइनलाई प्रक्राउ गरी जेलमा थुनियो । अनि मृत्युदण्ड दिने निर्णय गरियो । भ्यालेनटाइनलाई झुण्ड्याउनु अगाडि उनले ‘लभ फ्रम भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिएका थिए ।
भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइएको थियो । उनलाई मृत्युुदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो ।
भ्यालेन्टाइनले ती महिलालाई प्रेमको बारेमा दिएको उक्त लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ । भ्यालेन्टाइन डे का दिन आफ्नो सन्देश खवर लेखेर प्रेमी प्रेमिकालाई दिने चलन पछि चल्यो ।
भ्यालेनटाइनको बुझाइअनुसार अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुन्छन् । त्यसैले उनले राजाको आदेश समेत अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित गर्ने, जोडीहरु खोजेर सार्वजनिक स्थलमै सामूहिक विवाह गराइ दिन्थे ।
बीसौ शताब्दीमा आएर भ्यालेन्टाइन डे युरोपभरि मनाउने प्रचलन आयो भने एक्काइसौं शताब्दीमा यो दिवस विश्वभरि मनाउन थालियो ।
तर विश्वका केही मुलुकहरूमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध गरिएको छ । जसमा साउदी अरव, इराक, इन्डियाको केही भाग, अफगानिस्तान, पाकिस्तान र मलेसियाका केही मुस्लिमलाई यो दिवस मनाउन प्रतिबन्ध गरिएको छ ।
विशेषगरी फेब्रुअरी महिनालाई प्रेम र शान्तिको महिना पनि भनेर चिनिन्छ । यस अवसरमा जसरी युवायुवती तथा प्रेमप्रेमिकाहरु प्रेम र विश्वासको प्रतीकको रूपमा मनाइरहेका छन् यो दिवस ।
यसैगरी सदैव एक अर्काबीच विश्वासको आभास भइराखोस् । यही छ सबै जोडीहरुमा शुभकामना । भ्यालेन्टाइन सप्ताहको सबैलाई शुभ प्रेम ।